परिवर्तनका लागि सकारात्मक वातावरण

 श्यामकुमार अधिकारी

भष्मासुर प्रवृत्तिका धनी तथा दोहोरो चरित्रका खेलाडी प्रधानमन्त्री के.पि.ओलिले नकारात्मक सोचाइको साथ चालेको कदमले नेपालमा सकारात्मक राजनीतिक परिवर्तनको सम्भावना नजिकै ल्याइदिएको छ।नेकपा(एमाले)को ओली गुट, महन्थ ठाकुर समूह, राजावदी समूह र भारत बाहेक नेपाललाई माया गर्ने सम्पूर्ण शक्तिहरु यतिबेला ओलीको दोस्रो ‘कु’का विरुद्ध लडाइँको मोर्चामा उत्रिएका छन् । नेपाली राजनीतिमा माओवादी जनयुद्ध लगायतका प्रगतिशील आन्दोलन, बिद्रोहको विरुद्ध बिषेश रुपले तयार गरिएको नश्लिय मनोवैज्ञानिक सिण्ड्रोम हो।

ओली सिण्ड्रोम बहुआयामिक स्वरूपको सिण्ड्रोम थियो र आज पनि त्यही हो। खासगरी नेपाल कम्युनिष्ट आन्दोलन भित्रबाट कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक व्यवस्था र राज्यको प्रगतिशील रुपान्तरणका विरुद्ध लैजान तयार गरिएको मनोबैज्ञानिक सिण्ड्रोमलाई ओली सिण्ड्रोम भन्न सकिन्छ। यो सिण्ड्रोमको केहि सृखलाका हर्कतहरु छन् :

१. बि.स.२०६२/६३ सालको जन आन्दोलन–२ पछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारले ल्याएको बेबी किङको रणनीति पूरा नहुँदा नेपालभित्रका राजावादी र भारत दुबै असन्तुष्ट थिए र त्यही शक्तिले के.पि.ओलीलार्इ माओवादीहरूका विरुद्ध प्रयोगशाला बनाएर विभिन्न खाले हर्कत गर्दै आएको थियो ।

२. कटवाल प्रकरणलाई मैले नेपालभित्रका अभिजात वर्ग र दिल्ली बिचको परम्परागत पराश्रित समूह र उत्पीडनकर्ता बिचको परम्परागत सम्बन्ध संरचनामा मनोवैज्ञानिक पराकम्पन भएको मान्दछु । नेपालको कुनै पनि संरचनालाई बदल्न दिल्लीको प्रभुत्व अन्त्य गरिनु जरुरी छ भन्ने सन्देश दियो । त्यो प्रकरणले अर्को एउटा राम्रो सन्देश पनि दिएको छ । त्यो हो–दिल्लीलाई आफ्नो स्वार्थका लागि हस्तक्षेप गर्न निम्तो दिने । जब दिल्लीले आफ्नो स्वार्थ अनुकूल सम्पूर्ण संरचना नियन्त्रण गर्न थाले पछि हस्तक्षेपको नारा उराल्नु र पछि त्यही दिल्लीको सरणमा पर्नु नै नेपालका असली रास्ट्रवादीको चरित्र हो । जसको मुख्य पात्रहरु के.पि.ओली र ज्ञानेन्द्र शाह हुन् ।

३. पहिलो संविधान सभाको विघटन पनि नेपालभित्रका राजावादी नेतृत्व र भारतको स्वार्थमा के.पि.ओली सहितको जोडबलमा भएको थियो ।

४. नस्लिय रास्ट्रवाद र मधेस–थारू विद्रोहका बिचको महाभारतको नाटकमा भारत र के.पि.ओलीको जोडबल संघीयतालाई बदनाम गराइ प्रयोग मार्फत असफल बनाउने योजनाको चक्रब्युह नै थियो । जसको सबैभन्दा दरिलो प्रमाण हो नेपालको संविधान,२०७२ मा संघीय इकाई गठन र त्यस सम्बन्धी अन्य ब्यबस्थाको सुक्ष्म विश्लेषण गर्ने हो भने प्रष्ट हुनेछ कि ?

क. पहिचानलाई लोकतन्त्र र संघीयताबाट बिभाजन गर्ने,
ख. संघीयतालाई आन्तरिक रूपमा बौद्धिक अपाङ्गकृत गरि कार्यन्वयन गर्न अफ्ट्यारो पार्ने मोडेल, महेन्द्रवादी स्वरूप भित्र कोच्ने र कार्य सम्पादनमा जटिलता आएपछि खारेज गर्ने मनोवैज्ञानिक रणनीति अनुसार व्यवस्थापन गरिएको,
ग. लोकतन्त्रको फेरिपनि परिवार नियोजन गर्ने महान कार्य भएकोछ,

५. संसदको दुइटा कु प्रक्रियाहरु, प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष के.पि.ओलीले बहुलवादमा आधारित लोकतन्त्रको अन्तिम दाहसंस्कार गरि दिए । लोकतन्त्र, लोकतन्त्रवाद र बहुलवाद बिचको सम्बन्ध संरचनामा बि.स. २००७ साल देखिको मनोबैज्ञानिक समस्या छ भन्दापनि नसुन्ने लोकतान्त्रिक शक्तिका कारण फेरि लोकतन्त्र कोमामा पुगेको छ । त्यो पनि एक वर्षभित्र दुई पटक‘कु’ को सिकार भएको छ।

५. प्रधानमन्त्री के.पि.ओली लोकतन्त्र, लोकतन्त्रवाद र बहुलवादको बौद्धिक अपाङ्गीय सम्बन्ध संरचनाले विकसित गरेको अहिलेसम्मकै नालायक व्यक्तित्व हुन् । ओलीले दुई तिहाई नजिकैको सरकार, पार्टी र संसद सबै कुरालाई ध्वस्त बनाएर राजतन्त्र र भारतको स्वार्थ अनुसार हिड्ने कामको अगुवाई गरेको देख्दा मलाई रोमान्चित हुन करै लाग्यो । मैले रोमान्चित हुनुपर्ने कारण चै के.पि.ओलीले सकारात्मक नेतृत्वमा लोकतन्त्र र संघीयता बिचको मनोबैज्ञानिक व्यवस्थापन गर्ने काम गर्न चाहेनन् तर उनको भस्मासुर प्रवृत्तिका कारण चैं यथार्थमा लोकतन्त्रलाई आइ सि यू मा भर्ना चैं गरिदिएको छ । यसको सफल उपचार भनेकै माओवादी र पहिचानवादीहरुले उठाएका एजेन्डा छोटो रूपमा भन्दा लोकतन्त्र र जातीय पहिचानहरु बीच स्वरूप र स्वामित्वमा मनोबैज्ञानिक ब्यबस्थापन गर्ने काम नै कोमामा रहेको लोकतन्त्रको जीवन पुनःस्थापनाको मनोवैज्ञानिक हतियार हो । अब स्वीकार्नुको विकल्प नै छैन । यसको लागि ओलीलाइ उल्टै भएपनि धन्यवाद दिनैपर्छ ।

यो प्रक्रिया चैं लोकतन्त्र र भारत बिचको मनोबैज्ञानिक सम्बन्ध संरचनामा बिभाजन भएर नेपाल स्वतन्त्र भएपछि पूरा हुनेछ । म ओली जस्तो भारतीय रास्ट्रवादी चैं होइन तर, दौरा सुरुवाल ढाका टोपी र कालो कोट लगाएर राष्ट्रघात गर्ने गोर्खाली चैं होइन म । म त सप्तरंगी इन्द्रेणी रास्ट्रबादको हिमायती हुँ । म दोहोरो चरित्रको रास्ट्रवादी मनोवृत्ति विकास हुदैन। किनभने म जमीन र जनता र हाम्रो सास्कृतिक बिरासत सहितको रास्ट्रवादको हिमायति हुँ । मलाई नेपालभित्रका सबै जातीय पहिचानहरु उत्तिकै प्यारा लाग्छन् ।

बिहिबार, १३ जेठ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर