इटहरीको सुनौलो टोलमै कोरोना संक्रमण

इटहरी । इटहरीको एउटा बस्तीका सबैजसोलाई कोरोना संक्रमण देखिएको छ ।

इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

आफूसहित स्वास्थ्यकर्मीको समूह टोल मै गएर एन्टिजिन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो । समुदायमा गएर ९ जनाको एन्टिजिन विधिबाट परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाउँमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि सुनौलो टोल सिल गरिएको छ ।

त्यहाँ एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घर का २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका र त्यसमा ९ जनामा परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो ।

बुधबार, ०५ जेठ, २०७८, साँझको ०६:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर