संक्रमितको घरघरमै औषधी पुर्याउँदै बेलबारीका स्वास्थ्यकर्मी

बेलबारी । दोस्रो चरणको कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले संक्रमितको घरघरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी वितरण गरेको छ ।

टोलीले नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधिसहित उनीहरुको स्वास्थ्य अवस्था बुझेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरणक गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए ।

औषधीसँगै स्वास्थ्यकर्मीहरुले संक्रमित व्यक्तिहरुलाई रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराएका थिए । वितरण गरिएका औषधीहरुले रोग प्रतिरोधात्मक क्षमता (युनिटि पावर) बढाउने काम गर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । औषधि बेलबारीमा निर्माण गरिएको आइसोलेसनबाट वितरण गर्न सुरु गरिएको थियो ।

नगरवासीको जीवन बचाउनका लागि कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको नगर प्रमुख सुवेदीले बताए । ‘हामीले कोरोनालाई नै लक्षित गरेर अक्सिजनसहितको आइसोलेसन निर्माण गरेका छौं,’ सुवेदीले भने, ‘अस्पतालसम्म लैजानु परे निःशुल्क एम्बुलेन्सको व्यवस्थान गरेका छौं ।’ उनले आइसोलेनमा बस्दा लागेको सम्पूर्ण खर्च नगरपालिकाले नै ब्यहोर्ने बताए ।

बुधबार, ०५ जेठ, २०७८, साँझको ०६:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर