प्रदेश १ मा थप १५ संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरसहित प्रदेश १ का विभिन्न अस्पतालमा थप १५ जनाको मृत्यु भएको छ ।

शनिबार साँझदेखि आइतबार विहानसम्म विराटनगरको नोबेल मेडिकल कलेजमा ७ जना, विराट अस्पतालमा २ जना, कोशी कोभिड उपचार केन्द्रमा ३ जनाको मृत्यु भएको हो । यस्तै विराटनगरको ग्रिनक्रस अस्पतालमा १ जना, झापाको विएण्डसी अस्पतालमा १ जना र उदयपुर कोभिड अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

नोबेलमा मोरङको पथरीशनिश्चरे नगरपालिका १ की ६४ वर्षीया वृद्धा महिलाको आइतबार बिहान १ बजे मृत्यु भएको छ। कोरोना संक्रमण भएपछि वैशाख २३ गते अस्पताल भर्ना गरिएकी उनको उपचारको क्रममा मृत्यु भएको
नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यस्तै विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११ः३० बजे मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको नोबेलमै राति १०ः५६ बजेतिर मृत्यु भएको छ। उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको प्रबन्धक दाहालले बताए ।

विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०ः२५ बजेतिर मृत्यु भएको छ। कोरोना संक्रमण भएपछि उनलाई वैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको शनिबार साँझ नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरि, सिरहाका ६९ वर्षीय पुरुषको शनिबार साँझ नोबेलमा मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते भर्ना गरिएको थियो । सिराहकै ६२ वर्षीय वृद्ध पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएकोमा उनको पनि शनिबार अपरान्ह मृत्यु भएको छ ।

यता कोशी कोभिड–१९ उपचार केन्द्रमा मोरङको सुनवर्षी नगरपालिका ३ का ५३ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

कोशीमै विराटनगर १ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ । उनलाई पनि उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो । विराटनगर १४ का ६८ वर्षीय वृद्ध पुरुषको शनिबार राति मृत्यु कोशीमा भएको छ। उनलाई शनिबार दिउँसो भर्ना गरिएको थियो ।

मोरङको टंकीमा रहेको विराट मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका ८ का ३४ वर्षीय पुरुषको आइतबार बिहान ४ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो ।

उता सर्लाहीको लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै शनिबार राति १०ः२० बजे मृत्यु भएको छ ।

उता उदयपुरमा एकैदिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचारको क्रममा त्रियुगा नगरपालिका ३ घर भइ गाईघाट बजारमा व्यापार गर्दै आएका ४० वर्षीय व्यापारीको शनिबार बेलुका मृत्यु भएको हो । उनको झापाको विर्तामोडस्थित विएनसी अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका १० का ६३ बर्षिय पुरुषको उदयपुर कोभिड अस्पताल चौदण्डिगढी नगरपालिका ७ मा शनिबार बेलुका मृत्यु भएको छ । चौदण्डिगढी नपाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलका अनुसार शनिबार दिउँसोसम्म सामन्य अवस्थाम रहेका उनी संक्रमणबाट आत्तिएपछि हृदयघातबाट मृत्यु भएको हुनसक्ने अ नुमान गरिएको छ ।

त्यसैगरी विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा त्रियुगा १२ का ५१ वर्षीय पुरुषको शनिबार बेलुका मृत्यु भएको छ । तीन दिनअघि दमको बिरामी भई उपचारका लागि विराटनगर पुर्‍याइएका उनलाई गोल्डेन अस्पताल कोरोना पुष्टि भएपछि उपचार नगर्दा परिवारले ग्रिनक्रसमा लगेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार, ०२ जेठ, २०७८, दिउँसोको ०१:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर