विराटनगर । देशभरमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिने मध्ये मोरङ चौथो नम्बरमा छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार मोरङमा मात्रै ४३४ जना कोरोना संक्रमित थप भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौमा २४५८ संक्रमित थप भएका छन् । दोस्रो नम्बरमा रहेको ललितपुरमा ५५६ र तेस्रो नम्बरमा रहेको रुपन्देहीमा ५५२ जना संक्रमित भएका छन् ।
त्यसपछि क्रमशः सुर्खेतमा २८८, चितवनमा २८७, कास्कीमा २८४, कञ्चनपुरमा २२३, सुनसरीमा १९७, काभ्रेपलाञ्चोकमा १६८, मकवानपुरमा १५६, दाङमा १४४, धनुषामा १४१, पर्सामा १३८, गुल्मीमा ११७ र पाल्पामा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीमा ९७, गोरखामा ९०, झापा र बाँकेमा ८७–८७ जना, ताप्लेजुङमा ८१, सिन्धुली र अछाममा ७७–७७ जना, नवलपरासी पूर्वमा ७४, धादिङमा ७३, नुवाकोट ६७,रौतहटमा ६५, बैतडीमा ६४, सिन्धुपाल्चोकमा ६२ र जाजरकोटमा ६१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सल्यानमा ५९, रोल्पामा ५७, पर्वतमा ५३, कपिलवस्तुमा ४७, म्याग्दीमा ४६, बारामा ४५, धनकुटामा ४३, रामेछाप र डडेल्धुरामा ४२र४२ जना, महोत्तरीमा ३४, सप्तरी, स्याङ्जामा ३१, लमजुङमा ३०, सिरहामा २९, रूकुम पश्चिममा २७, अर्घाखाँचीमा २४ तथा सोलुखुम्बु र दोलखामा २१र२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बर्दियामा १९, सर्लाहीमा १६, कालिकोट १५, जुम्लामा १४,डोटीमा १३, तनुहँमा १२, उदयपुरमा ११, बागलुङमा १०, दैलेखमा ८, ओखलढुंगामा ७, तेह्रथुममा ८, रसुवा र नवलपरासीमा ५–५ जना, खोटाङ र भोजपुर, संखुवासभामा ४–४ जना, प्युठानमा ३, इलाम र पाँचथरमा २–२ जना तथा रूकुम पूर्व र बाजुरामा १–१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १९२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।