मणि दाहाल
दशकौंको आन्दोलनले जनताका अधिकारहरु दस्तावेजीकरण भएका छन् । स्थानीय तहहरु अधिकारसम्पन्न छन् । यो आन्दोलनको उपलब्धि हो । यसलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको समाजवादी यात्राको पक्षमा प्रयोग गर्नु आवश्यक छ । यसको लागि समृद्धिको भरपर्दो मार्गचित्र, इमान्दार कार्यान्वय र दलीय मजवुतिकरणको जरुरत छ ।
राजनीतिक दलहरुको लोकप्रियता त्यसका सारथीहरुमा भर पर्छ । तर, बिद्यमान राजनीतिमा दलहरुको भूमिकामा सो अनुसारको छैन । जनताले जसलाई विश्वास ग¥यो, उहि विश्वासघाती बन्नु दुखद् श्रृंखला हो । सिद्धान्तले राजनीतिलाई डो¥याउन सकेको छैन । दलहरुमा चरम व्यक्तिवाद हाबी छ । बिधि, बिधान र सामूहिकता भन्ने कुरा कार्यकर्तामा मात्र लागू हुन्छ । दलका निष्टावान भन्दा नेताको भजने र झोले मात्र सक्षम र इमान्दार देखिएका छन् । फस्वरुप प्राप्त सिमित उपलब्धि पनि गुम्ने खतरा देखिन्छ ।
राजनीतिक दलको विकल्प दल नै हुन्छ । नेपालको परिवेशमा तत्कालै अन्य दलले आकार ग्रहण गर्नेे अवस्था छैन । त्यसकारण भएका दलहरुलाई सुधार्नु र एकीकृत गर्नुको बिकल्प छैन । सवैभन्दा पुरानो दलको रुपमा रहेको नैपाली काँग्रेस सुध्रिने लक्षण छैन । उसले समाजवादी यात्रालाई निश्कर्षमा पु¥याउला भनेर जनता आशावादी पनि छैनन् । काँग्रेस देशको प्रमुख प्रतिपक्ष हो । तर, उसले विद्यमान संकटको विकल्पको रुपमा समेत आफूलाई प्रस्तुत गर्न सकिरहेको देखिदैन ।
लोकतन्त्र प्राप्तिमा काँगे्रसको भूमिका अविस्मरणीय छ । तर, उसले उपलब्धिको संस्थागत गर्न सकेन । नेतृत्व यथास्थितिवादभन्दा माथि उठ्न सकेको छैन । अन्तरजीवनमै लोकतान्त्रिक आचरण देखाउन सकेको छैन । जिम्मेवारहरुको अवस्था समुन्द्रको बिचमा डुब्न लागेको पानीजहाजको असफल क्याप्टेन जस्तै देखिन्छ । विगतका पथभ्रष्टताका दर्जनौं काण्डहरुले उसले शीर उठाउन सकेको छैन । त्यसकारण उसको बुताबाट आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणसहितको समृद्ध नेपालको कल्पना गर्न सकिदैन ।
नीतिगत हिसाबले वामपन्थीहरुप्रति जनताको आशा र भरोसा देखिन्छ । सामाजिक न्यायसहितको समाजवादी राज्य व्यवस्थाको निर्माण तथा समृद्धि र सुशासनको सपनालाई उसले मात्र साकार पार्ने सवालमा जनता विश्वस्त छन् । विगत निर्वाचनमा नेकपालाई आएको दुईतिहाई मत त्यसैको परिणाम हो । तर, नेकपा सरकारको नेतृत्वकर्ताले जनताको विश्वासलाई साकार पार्न सकेन । बरु पश्चगामी शक्तिको साँठगाँठमा अदालती कुमार्फत नेकपालाई बिभाजित गर्न अग्रसर बन्यो । सरकार तथा पार्टी प्रमुख विभाजनको उल्लासमा रमाए ।
अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम आन्दोलनको मुल प्रवाहको रुपमा देखा परेका छन् । एमाले फुटको संघारमा छ । सरकार तथा पार्टी प्रमुखले नेतृत्व गरेको एमाले घोर दक्षिणपन्थीको रुपमा उदय भएको छ । उसका कार्यकर्ता संस्थाको स्पातिलो र बिचारवान सिपाही नभई ब्यक्तिको भुत्ते हनुमान भएका छन् । जिम्मेवारहरु पार्टीका नभएर शीर्षस्तका भजनमण्डली जस्ता देखिन्छन् । त्यहाँ नीतिगत सवालमा बहस हुदैन । नेतृत्वको कार्यशैलीले बडामहाराजलाई बिर्साएको छ । ओली नेतृत्वको एमाले पार्टी नभएर अराजक तथा संस्कारबिहिन भिडमा परिणत भएको छ ।
ओलीपन्थी एमालेमा सामूहिक र संस्थागत परिपाटी धरासायी छ । चिन्तनको खडेरी छ । बैचारिक शुन्यहरु हर्ताकर्ता देखिन्छन् । निगाहवाद र उदण्डता मुल नीति भएको छ । संबिधानले स्वीकारेको दलीय सर्वोच्चता ओली कमरेडलाई मन पर्दैन । संसदीय फोहोरी खेल नै पार्टीको मुल नीति बनाउन खोजिदैछ । नेतृत्व अभिजात्य वर्गमा रुपान्तरित भएको छ । अपराधीकरण पार्टीको मार्गदर्शक सिद्धान्त भएको छ । बिधि बिधानको जरुरत नै छैन । त्यसकारण ओली नेतृतवको एमालेमा बैचारिक गतिशिलता र बहस संभब छैन । गतिशिलताबिनाको समाजवाद कोरा कल्पना मात्र हुन्छ ।
अर्को ठूलो बाम घटक नेकपा माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिक मुल प्र्रवाहमा अवतरित भएको छ । उसले एकाइसौं शताब्दीको जनवादलाई समाजबादी कार्यदिशाको रुपमा अघि सारेको छ । तर, त्यसमा समाजवादको भरपर्दो कार्ययोजना देखिदैन । सामन्तवादी मानसिकतामा ग्रसित बिद्यमान सामाजिक संरचनालाई बदल्ने आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको पक्षलाई गौण मानिएको छ । शीर्षस्त तहको नेतृत्व अब्बल दर्जाको त छ तर, बिसंगतिको छिटाबाट मुक्त देखिदैन । अन्य दलहरुमा झै अन्तरजीवनको भ्रष्टिकरण र आर्थिक अपारदर्शिताको मुल समस्या त्यहाँ पनि देखिन्छ । कार्यकर्ता तहमा अध्यायन चिन्तन र विश्लेषणको अवस्था कमजोर देखिन्छ । यति भएर पनि कार्यकर्ताको बैचारिक संघर्ष र जनताको खबरदारीले उसलाई सुद्धताको कसिमा ढाल्ने संभाबना टरिसकेको भने छैन ।
अहिले एमाले पुनर्गठन अभियान छ । नाम र चिन्हको आधिकारिकताको लागि उसले निर्वाचन आयोग र अदालतसम्म दाबी प्रस्तुत पनि गरेको छ । तर, ओली प्रबृतिको संरक्षक बनेको निर्वाचन आयोग र अदालतबाट उसले आधिकारिकता पाउने कुनै संभाबना देखिदैन । एकातिर यो अवस्था छ भने अर्कोतिर पुनःगर्ठित एमालेभित्र पनि ओली प्रबृतिका छिटाहरु प्रसस्त छन् । पुनःर्गठनकै अभियानमा मोरङलगायत केहि जिल्लाहरुमा उक्त छिटाले घर गरेको देखिन्छ । तिनलाई हटाउँदै नजाने हो भने ओली प्रबृतिको बिरोध गर्नुको कुनै अर्थ रहदैन ।
कमरेड माधब, भलनाथ, भीमलायतका धैरै शीर्ष नेतृत्वमा रहनुभएका कमरेडहरुको निष्टा, नैतिकता र मूल्यको राजनीति एमालेका सम्पति हुन् । त्यसलाई जोगाउदै नयाँ शीराबाट संगठनलाई मजबुत बनाउन सक्नुपर्छ । अब नाम र चिन्हको पछाडि दौडनुको कुनै अर्थ छैन । नीति र नेतृत्वबिनाको नाम र चिन्हले केहि हुनेवाला छैन । त्यसकारण हिम्मतका साथ नयाँ वैकल्पिक राजनीतिक दलको रुपमा प्रस्तुत हुन सक्नुपर्दछ । नेकपा माओवादी केन्द्रलगायतका सबै बाम शक्तिहरुलाई एकताको शुत्रमा बाँधेर बृहत समाजवादी केन्द्र निर्माणको नेतृत्व कमरेड माधबले दिन सक्नुपर्दछ । कमरेड प्रचण्डको साहस र कमरेड माधवको कुटनीतिक दुरदर्शिताको समायोजन गर्नसक्ने हो भने अझै पनि बामपन्थी शक्तिहरु समाजवादका मुख्य आधारशिला बन्न सक्छन् ।