विराटनगर । विराटनगर भन्सार एजेन्ट प्रतिनिधि अकबर अलिले अवैध रूपमा तस्करी गरि ल्याएको कपडा मोरङ प्रहरीले बरामद गरेको छ ।
भन्सार छली गरेर अलिले विराटनगर–६ शैलेश मन्दिर नजिक गोदममा राखेको प्रहरीले पत्तो पाएपछि छापा हानेर लाखौंको कपडा बरामद गरेको हो ।
अलिको गोदमबाट तस्करी गरि ल्याएको ४ सय ३० पिस भेस्ट, २ सय २० पिस बच्चाको कपडा, जुत्तालगायतको अन्य विभिन्न सामाग्री शुक्रबार राती बरामद गरेको मोरङ प्रहरीका डिएपी मन्जिल मुकारूङले जानकारी दिए ।
‘छापा हानेर भन्सार छली गरिएको कपडा बरामद गरिएको हो,’ डिएसपी मुकारूङले भने, ‘बरामद भएको कपडा गणना भइरहेको छ ।’ बरामद भएको कपडा प्रहरीले विराटनगर भन्सार कार्यालय बुझाउने तयारी गरेको छ ।
अली भन्सार एजेन्टका प्रतिनिधि हुन् । उनका एजेन्ट भरतराज भट्टराई हुन् । तस्करी धन्दामा लागेका अलीले भन्सार कर्मचारीसँगको मिलेमतोमा एउटै बिलबिजकमा दोहोरो मालवस्तु भित्र्याउने गरेका स्रोतको दाबी छ ।
बरामद भएको एक गाडी र कपडा छुटाउन चलखेल
भन्सार छली गरेको आशंकामा कपडा बोकेको पिकअफ भेन विराटनगर भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।
विराटनगर–६ सरौचिया घर भएका राजकुमार रौनियाले भारतीय नम्बर प्लेटको पिकअफ भेनमा ल्याएको कपडा भन्सार छली गरेको आशंकामा बिहीबार राती नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको हो ।
नियन्त्रणमा लिएको बीआर ३८ जीए २६०६ नम्बरको कपडा बोकेको पिकअफ भेन अहिले पुरानो भन्सार कार्यालय परिसर भित्र राखेर अुसन्धान सुरू गरेको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले कपडा बोकेको पिकअप भेन नियन्त्रणमा परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए । ‘अनुसन्धान जारी रहेकोले अहिले नै सबै कुरा भन्न मिल्दैन,’ उनले भने, ‘राती नियन्त्रणमा लिएको कपडका अहिले अनसुन्धान भइरहेको छ ।’ कपडाको बोकेको पिकअफ भने आइसीपीदेखि १ सय मिटर उत्तर विराटनगर १८ देखि नियन्त्रणमा लिएको थियो ।
रौनियारले एउटै बिलबिजकमा दोहोरो मालवस्तु भित्र्याएको सूचना थाहा पाएपछि भन्सार प्रमुख शिव भण्डारीले आकस्मिक चेकजाँच गरेका थिए । पहुँचवाला रौनियाले भन्सार एजेन्टमार्फत प्रज्ञापनपत्र र सम्पूर्ण कागजी प्रक्रिया मिलाएर जोगाउन अहिले चलखेल सुरू गरेका छन् । सेटिङ्ग मिलाउन माहिर रौनियाले भन्सार एजेन्टहरू प्रयोग गरेको बुझिएको छ । रौनियारले विराटनगर भन्सार एजेन्ट संघका सचिब कृष्णबहादुर थापालाई प्रयोग गरि नियन्त्रणमा लिएको कपडा छुटाउन चलखेल सुरू गरेको भन्सार स्रोतले बताएको छ ।
विगत लामो समयदेखि सबै क्षेत्रका अधिकारीहरुलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा भन्सारमा न्यून बिजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापनपत्रको भरमा पूर्वको विभिन्न सहर हुँदै काठमाडौंसम्म पु¥याउ रौनियर लागिरहेको स्रोतको दाबी छ ।