विराटनगरमा सरसफाई गर्ने कार्यालय स्थापना

विराटनगर । प्रदेश–१ को राजधानी विराटनगरमा अत्याधुनिक प्रविधिबाट सरसफाई गर्ने कार्यालय सञ्चालनमा ल्याइएको छ ।

विगत १० वर्षदेखि काठमाडौंमा सेवा दिंदै आएको जीटी इन्दरनेशनल प्रालिको शाखाका रुपमा कार्यालय सञ्चालनमा ल्याइएको हो । विराटनगर–३ को वडा कार्यालय नजिकै सञ्चालनमा ल्याइएको शाखाले विराटनगरसहित पूर्वका विभिन्न सहरमा सेवा प्रवाह गर्नेछ । शाखा कार्यालयको प्रालिका कार्यकारी निर्देशक श्रीप्रसाद बुढाथोकीले एक समारोहका बीच उद्घाटन गरे ।

घर, होटल, अस्पताल, बैंक, पसल, उद्योग, गार्मेन्ट, क्याम्पस, विद्यालयलगायतमा सरसफाईदेखि सम्पूर्ण कामको जिम्मेवारीपूर्वक काम गर्ने दक्ष जनशक्ति कार्यालयले उपलब्ध गराउनेछ ।

तालिम दिएर दक्ष बनाएर मात्रै माग भएका जनशक्ति उपलब्ध गराइनेछ । कार्यालयहरूलाई आवश्यक पर्ने माथिल्लो तहदेखि तल्लो तहसम्मका कर्मचारी उपलब्ध गराइने शाखा कार्यालयका मार्केटिक म्यानेजर नवराज काफ्लेले जानकारी गराए । “अहिले ट्रेड युनियन र विभिन्न संगठनका नाममा हुने राजनीतिका कारण रोजगारदाताहरू वाक्क भएको अवस्था छ,” काफ्लेले भने, “हामीले उपलब्ध गराउने जनशक्तिको जिम्मेवारी हामी लिन्छौं ।” कार्यालयहरूलाई आवश्यक पर्ने सबै काम गरे पनि पहिलो प्राथमिकता सरसफाई नै भएको काफ्लेले बताए ।

बिहिबार, ०९ बैशाख, २०७८, रातीको ०८:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर