रणनीतिक योजनाबारे छलफल चलाउँदै उद्योग संगठन मोरङ

विराटनगर । उद्योग संगठन मोरङले आफूले अघि सारेको रणनीतिक कार्यक्रमबारे छलफल थालेको छ ।

आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ संगठनले अघि सारेको रणनीतिक कार्यक्रमबारे काठमाडौंमा छलफल गरेको हो ।

स्वदेशी उत्पादन प्रवद्र्धनको अभियानलाई सार्थक तुल्याउन के कस्तो नीतिगत परिमार्जन तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्दछ भन्ने बारेमा छलफल भएको संगठनले जनाएको छ । कार्यक्रममा विद्यमान औद्योगिक व्यवसाय ऐन, आर्थिक ऐन लगायतका उद्योग÷व्यवसायसंग प्रत्यक्ष सरोकार राख्ने सबै ऐन, नीति, नियमहरुको अध्ययन विश्लेषण गरी लगानीमैत्री र उद्योगमैत्री वातावरणका लागि संशोधन गर्नुपर्ने, नया व्यवस्था गनुपर्ने वा हटाउनु पर्ने नीति, ऐनहरुका वारेमा संगठनले सुझाव तयार गरी सो आधारमा वहस, पैरवी अघि वढाउने छलफल भएको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

कार्यक्रममा संगठनका विशिष्ठ सल्लाहकारहरु रामेश्वर खनाल, पुरुषोत्तम ओझा र श्याम दाहालले संगठनले अघि सारेको भावी रणनीतिबाटे समग्र आर्थिक विकासमा टेवा पुग्ने भन्दै कार्यक्रमको सराहना गरेका थिए ।

कार्यक्रममा संगठनका बरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, कार्यसमिति सदस्य सुशिल रिजाल, सुदिप घिमिरे, सल्लाहकार सोम अघिकारी, महानिर्देशक चुडामणी भट्टराई, अधिकारीकर्मी सुशिल प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

बुधबार, ०१ बैशाख, २०७८, दिउँसोको ०२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर