तस्करी गरेर ल्याएको मोवाइलको ब्याट्री र उपकरण बरामद

विराटनगर । भारतदेखि अवैध रूपमा तस्करी भएर आएको मोवाइलको ब्याट्री र मोवाइल बनाउने उपकरणहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानीले आइतबार विराटनगर–१५ हुलास चौकदेखि अगाडिको चाइना बजारदेखि उक्त सामाग्रीहरू बरामद गरेको हो । सशस्त्र प्रहरीले सामसुङ, नोकिया, एमआइ, ओपोलगायतका विभिन्न कम्पनीहरूको ब्याट्री बरामद गरेको छ । प्रहरीले बरामद गरेको १६ सय एम्पियरदेखि ४ हजार ६ सय एम्पियरसम्मका ब्याट्रीहरु रहेका छन् । सशस्त्र प्रहरीले ९ सय ४३ थान ब्याट्रीहरु र मोवाइलको स्क्रिन चेन्ज गर्ने तीन थान उपरकण पनि बरामद गरेको छ ।

बरामद भएको ब्याट्री र उपकरण ३ लाख ९० हजार ५ सय मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलले जानकारी दिनुभयो ।

तस्करी गरि ल्याएको मोवाइल बनाउने उपकरण क्यारिङवाले चाइना बजारको एउटा पसलमा लुकाएर राखेको थियो । लुकाएर राखेको अवस्थमा सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको हो । तस्करीको उपकरण ल्याउने गिरोह भने फरार छन् । फरार भएकाको पनि प्रहरीले खोजीकार्य तीव्र बनाएको छ । नेपालमा भन्दा भारतमा चाइनाको इलेक्ट्रिक र मोवाइलको सामाग्रीहरूको ठूलो परिमाणमा आउने गर्दछ । नेपालमा भन्दा भारतमा मोवाइलको सामाग्रीहरूमा सस्तोमा पाइने भएकोले तस्करीमा लागेका गिरोहले अनेक जुक्ति लगाएर यस्ता सामाग्री नेपालमा तस्करी गर्दछन् । बरामद भएको समाग्री आवश्यक कारवाहीको बिओपी रानीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

सोमबार, १६ चैत, २०७७, बिहानको ०९:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर