विराटनगर । हिरो मोटोकर्पको नयाँ बाईक बि.एस. ६ इन्जिन भएको एक्स्ट्रिम १६० आरको विराटनगर–५, मुनालपथमा रहको लक्ष्मी टे«डिङ हाउस, हिरो शोरुमले बजारमा ल्याएको छ ।
लक्ष्मी टे«डिङ हाउस र हिरो शोरुममा आइतबार नाडा अटोमोबाईल्स एसोसिएसनका उपाध्यक्ष तथा मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष सुवास आचार्यले उद्घाटन गर्नुभयो ।
नयाँ एक्स्ट्रिम १६० आर स्पोर्टी डिजाइनमा आएको उक्त मोटरसाइकल अन्य मोटरसाइकलको तुलनामा पृथक ढंगले निर्माण गरिएको छ । आइरन म्यान डिजाइनको एलईंडी हेडल्याम्प र डिआरएलका साथ आकर्षक डिजाइनमा रहेको मोटरसाइकलमा भएका इन्डिकेटरका साथै टेल लाईट पनि एलईंडी रहेका छन् । यसमा हेजार्ड लाइटको पनि फिचर रहेको छ ।
यसले १६३ को डिस्प्लेसमेन्ट ८ हजार ५ सय आरपीएसमा १५.३ पिएस पावर र ६ हजार ५ सय आरपी एममा १४ एनएमको टर्क उत्पादन गर्छ । यसले ५ स्पिड म्यानुअर ट्रान्समिसन पनि प्रयोग गर्छ । ट्राफिकमा सहजको लागि अटो सेल टेक्नोलोजी पनि यो मोटरसाइकलमा थपिएको छ ।
सुरक्षाका लागि हिरो एक्स्ट्रिम १६० आर अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकको साथ आएको उक्त मोटरसाइकल ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबिएससँगै छन् । स्ट्याण्ड इन्जिन कटअफ टेक्नोलोजीको कारणले सुरक्षाको स्तरियता बढेको लक्ष्मी टे«डिङ हाउसले जनाएको छ । चालकको आरामको लागि मोटरसाइकलमा आरामदायी सिट र फुटरेस्ट दिइएको छ भने मोटरसाइकलको मूल्य सेतो, रातो र निलो कलरमा ३ लाख ३९ हजार रुपैयाँ मूल्य रहेको छ ।
Ramro I like honda bike
अरु कुन कुन bike हरु छ हीरो sp 125 cc को मुल्य कती होला हल बजार मा जनकारी दिनु होला र धेरै मैलेज दिने bike को पनी जनकारी दिनु होला tnx