विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः विजेन्द्र परासर निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्याशी प्रविण जोशीलाई १ मत अन्तरले परासरले पराजित गर्नुभएको हो ।
विराटनगरमा बुधबार सम्पन्न १० औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट परासर नेतृत्वको टिम विजयी बनेको हो ।
अन्य पदाधिकारीहरुमा उपाध्यक्ष हरि प्रसाद ठाकुर, सुदर्शन दाहाल, नवलप्रसाद उपाध्याया, सचिव कृष्णबहादुर थापा, सहसचिव दयानन्द मण्डल र कोषाध्यक्षमा विनोद पोदार निर्वाचित भएका छन् । निर्वाचित उपाध्याया भने अध्यक्ष परासरले मनोनितमा परेका हुन् ।
उपाध्यक्षमा प्रतिस्पिर्धी अरुण खेतान र देवकीनन्दन शर्माले क्रमशः ७ र १ मत ल्याउँदा विजयी ठाकुर र दाहालले क्रमशः ११ र १४ मत प्राप्त गर्नुभएको थियो । सचिवका उम्मेदवार थापाले ९ मत ल्याउँदा अर्का प्रत्याशी राजेशकुमार गुप्ताले ७ मत प्राप्त गर्नुभयो । यता, सहसचिव र कोषाध्यक्ष पदका उम्मेदवार मण्डल र पोद्धार भने निर्विरोध चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा रमेशकुमार कर्ण (१५ मत), भरतराज भट्टराई (१० मत), सुरेशकुमार अग्रवाल (११ मत) र कृष्ण प्रसाद पोखरेल (मनोनित) निर्वाचित भएका हुन् । सदस्य पदमा पराजित अन्य व्यक्तिहरुमा किशोरबहादुर शाही (८ मत) र गुलावचन्द्र साह (३ मत) रहनुभएको छ ।