फेरि बढ्यो पेट्रोलियमको भाउ

विराटनगर । नेपाल आयल निगमले पेट्रलियम पदार्थको मूल्य वृद्धि गरेको एक हप्ता भित्रै फेरि दोश्रोपटक मूल्य बढाएको छ । गत बुधबार मूल्य बढाएको निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी फेरि मूल्य वृद्धि गरेको हो ।

निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ बढाएको छ । अघिल्लो साता खाना पकाउने ग्यासको पनि मूल्य बढाएको थियो । यस पटक डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाइएको निगमले जनाएको छ ।

सरकारले पछिल्लो ३० दिनको अवधिमा तीन पटक मूल्य वृद्धि गर्दा उपभोक्ता प्रभावित भएका छन् । पेट्रोलियम पदार्थमा उच्च मुनाफा राखेर बिक्री गर्दै आएको निगमले कर्मचारीहरुलाई बोनस वितरण गर्ने निर्णय गरेको छ । हरेक इन्धन डिपोमा दमकल खरिद गरेर सञ्चालन नगरी त्रिपाल ओडाएर राखेको निगमले उपभोक्तालाई पर्ने प्रभाव बिचार नगरी मूल्य बढाएको हो । अघिल्लो साता मूल्य बढेपछि उपभोक्ताले विरोध जनाएपनि त्यसलाई निगमले बेवास्ता गरेको देखिएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ ।

मङ्गलबार, ०४ फागुन, २०७७, रातीको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर