लीलावल्लभ घिमिरे
कुनैपनि चलेको ब्रान्डका लागि केसम्म हुन्छ भन्ने उदारण हेर्न बरमझीया जानु पर्छ । सप्तकोशी नदी तरेर पश्चिम तर्फ लागेपछि आउने बरमझीयामा एक जना बाजेले धेरै मिठो पेडा बनाउनु हुदो रहेछ । राजमार्गमा यात्रा गर्ने यात्रुहरु बाजेको अनुहार पेडा खाने गर्दा रहेछन् । समय बित्दै गयो । बाजे बुढा भए र स्वर्गबास भयो । त्यसपछि बरमझीयामा असली बाजेको होडवाजी सुरु भयो । अहिले त्यहाँ भर्खरै खुलेको नयाँ पेडा पसल भएपनि अगाडी बोर्डमा भने सबैभन्दा पुरानो बाजेको पेडा पसल, साविकको बाजे, असली बाजे यस्तैयस्तै नाम जोडेर आफु असली बाजे भएको दाबी गरिरहेका छन् । समयसँगै त्यहाँ गएर साँच्चीकै पुरानो बाजेको पेडा पसलमा पेडा किनेपनि जो कोहीलाई योपनि असली नै हो भन्ने विश्वास हुन कठिन छ । किनकी यति धेरै अविश्वास उत्पन्न गराइएको छ की त्यहाँ गएर असली बाजे चिन्न आयोग नै बनाउनु पर्ने अवस्था छ ।
यो देशलाई समृद्ध बनाउन नेपाली जनताले दुई जना बाजेलाई जिम्मा दिए । दुई तीहाइ नजिकको मत दिएर सत्तामा पु¥याए । देश समृद्ध हुनु त कता हो कता ? यति बेला दुइवटा बाजेहरु नारायणहिटी अगाडि मान्छेको झुण्ड भेला पारेर असली बाजे म नै हो भन्दै छाती पिटी रहेका छन् । देश चलाउने जिम्मा पाएका केपी शर्मा ओली बाजे र पुष्पकमल दाहाल बाजेलाई मेरो बिन्ती छ । त्यो बरमझीयाको बाजेसाग आफुलाई तुलना गरेर तिनको नाम अपवित्र नगर्नुहोस् । ती बाजेको इमान्दारीताले आज त्यहाा हजारौं युवाहरुले रोजगारी पाएका छन् । आज उनीहरुका बाकसमा पैसा छन् । यदि ती असली बाजे हुदैन थिए त आज ती पैसा हुने बाकसमा विदेशवाट लास आउने थिए । त्यसैले बाजेले जति इमान्दारीताका साथ पेडा बनाएर बेचे र अर्को पुस्तालाई हस्तान्तर गरे त्यसमापनि आफ्नो परिवार मात्र हैन एउटा टोललाई नै बाजेमय बनाए तपाईहरुले अहिलेसम्म गरेका एउटा पनि त्यस्ता राम्रा काम छैन् जसलाई बाजेको पेडासँग तुलना गर्न मिलोस् ।
बाजेहरु हो तिमीहरुका नाटकले जनता आजित भइसकेका छन् । झण्डै एक वर्षदेखि थ्रेटरहरु बन्द छन् । कहिले कुन भेषमा त कहिले कुन रुपमा अरुको अभिनय गर्ने ती कलाकार आज भोलि खै त कता छन् थाहा भएन् । केही थ्रेटरहरु खुल्ने प्रयास मात्र गरेका थिए । ती पनि बन्द गर्नु पर्ने अवस्था आएको छ । आजभोलि नाटक हेर्न न त थ्रेटर जानु पर्छ । न त हाँस्नका लागि टेलिश्रृखला नै हेर्नुपर्छ । आजभोलि हाम्रा सडकमा दैनिकजसो फरकफरक नाटक देख्न पाइन्छ । यो नाटकले पात्रहरुलाई कहाँ पु¥याएर सत्ताको भ¥याङ चढाउने हो थाहा छैन् तर, देश र जनता भने दिन प्रतिदिन अध्याँरो खाडल तर्फ धकेलिदै छन् । जनताले ५ वर्षसम्म भोट माग्न नआउ देश र जनताका लागि केही गरेर मात्र आउ भन्ने शन्देश साथ नेकपालाई झण्डै दुई तीहाइ मत दिए । तर, बिडम्वना कुनै कारण र परिस्थीति बिनै ३ वर्षमा नै फेरी जनतासाग मत माग्न जाने कुरा आउन थाल्यो । त्यसमा पनि दुईथरी नाटक यतिबेला जनता सडकमा हेर्न बाध्य छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको केही समयपछि २ महिना लाग्छ । तर नेपालको राजनीतिक रोडम्याप कतातिर जान्छ भन्ने कुराको हेक्का राजनीतिक शास्त्रका ज्योतिषीले समेत पाउन सकेका छैन् । एकाथरी सडकमा संसद पुनस्र्थापना हुन्छ भन्ने जिकिर गर्छन् भने अर्कोथरी त्यसो हुनै नसक्ने ग्यारेन्टी गरी रहेका छन् । नेकपाका दुवै समूहका नेताहरुका सार्वजनिक अभिव्यक्ति सुन्दा लाग्छ यो पार्टीमा राजनीतिक संस्कार अहिलेसम्म प्रवेशनै गरेको छैन् ।
झण्डै दुई महिनादेखिका केपी ओली, ईश्वर पोखरेल हुँदै रामबहादुर थापा र महेश बस्नेतहरु र प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल हुँदै भीम रावलसम्मका भाषण सुन्दा नेकपा कुनै सैद्धान्तिक असहमती र बिचारमा फरक भएका कारण हैन नेताहरुका व्यक्तिगत गुण र दोषका कारणले बिभाजन भएको हो भन्ने कुरामा अब कसैले शंंका गर्ने ठाउँ छैन । नेताहरुले एकअर्का विरुद्ध लगाउने गरेका आरोपहरु राजनीतिक हैन संगीन छन् । यसको हेक्का कार्यकर्ताहरुले गर्नु पर्ने हो तर नेकपाका कार्यकर्ताहरुले यतिबेला चेत गुमाएको अवस्था छ । हिजो आफ्नै बल र बाहुलीले नेकपालाई दुई तीहाई नजिक पु¥याएका कार्यकतामा दुई तीहाईको जुन घमण्ड थियो । पार्टी विभाजनसँगै कार्यकर्ताहरुको त्यो घण्ड मात्र उडेन चेत पनि उडे जस्तो छ । अहिले नेकपामा कार्यकर्ताहरुले पनि नेताहरु बिचार र सिद्धान्तका आधारमा हैन व्यक्तिगत स्वार्थका कारण पार्टी फुटाएका हुन् समेत भन्न सकेका छैनन् ।
कार्यकर्ताहरुलाई हेक्का हुनु पर्छ । यो देशको त्यति ठूलो शक्ति जस्ले झण्डै दुई तीहाई जनताको मत पाएको थियो । आज नेताहरुका सनकका भरमा बरमझीयाको बाजेको पेडा पसल जस्तै बनाएर उखान तुक्का उडाउदै हिड्दा तिनै नेताको भरौटे भएर कतिन्जेल हिड्ने । वास्तवमा नै अब नेपालमा कम्यूनिष्ट पार्टी बरमझीयाकै बाजेको पेडा पसलको स्तरमा आइ पुगेको हो त ? एक पटक सोच्ने बेला आएको छ ।