विराटनगर/ एल. पी. ग्याँस बिक्रेता महासंघ मोरङको अध्यक्षमा विराटनगरका गणेश कुमार साह निर्विरोध निर्वाचित हुनुभएको छ । विराटनगरमा भएको महासंघको १४ औं साधारण सभाले अध्यक्षमा साह निर्विरोध निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा निर्विरोध निर्वाचित भएका साहले व्यवसायीहरूको हकहितमा सधैभरी लागि परेर अगाडी बढने बताउनुभयो । ‘व्यवसायिकहरूको समस्या सावधनमा सधैभ लागि पर्नेछु,’ अध्यक्ष साहले भन्नुभयो, ‘व्यवसायिको हकहितसँगै सामाजिक कार्यलाई पनि अगाडी बढाउनेछु ।’
महासंघको वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, द्धितिय उपाध्यक्ष कल्पना गौतम, सचिब सुधिर यादव, सह–सचिब सुमन खरेल र कोषाध्यक्ष सुनिता भट्टराई सिग्देल निर्विरोध निर्वाचित भएका छन् । यस्तै समितिको अन्य सदस्यहरूमा प्रभा तिम्सिना, पुष्पराज अग्रवाल, रामकृष्ण खड्का, दिलिप कुमार अग्रवाल, जमुना बजगाई, गोविन्द राज श्रेष्ठ, विनोद सुवेदी, देबेन्द्र श्रेष्ठ, इन्दु कमल अधिकारी, आनन्द राज भण्डारी, राजेन्द्र थापालगायत छन् ।