विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा केही दिन अघि नियुक्त हुनुभएका पज्ञकार यज्ञ शर्माले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा शर्माले पदभार ग्रहण गर्नुभएको हो ।
प्रदेश सरकारको गत पुस ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठान (गठन, सन्चालन तथा ब्यवस्थापन) नियमावली २०७७ को नियम ९ बमोजिम कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
दुई वर्ष अघि प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान, विज्ञापन नीति लगायतको विषयमा सुझावका लागि शर्माकै संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त कार्यदलले सरकारको प्रत्यक्ष नियन्त्रण नहुने गरी स्वायत्त प्रकृतिको प्रतिष्ठान बनाउनु पर्ने सुझाव दिएको थियो । यद्यपी उक्त सुझाव विपरित गठन भएको प्रतिष्ठानको नेतृत्वका लागि भने उहाँ तयार हुनुभएको छ ।