नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्दा भावि मुख्यमन्त्रीको नाम किटान गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार उनीहरुले नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् ।

नेकपाको संस्थापन (नेकपा प्रचण्ड–माधव) पक्षका ४५ जना सांसदहरुले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि प्रदेश सरकारका तीन जना मन्त्रीहरुले मुख्यमन्त्री समक्ष राजिनामा पेश गरेका थिए ।

प्रदेशसभा सदस्य शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
त्यसअघि सरकारमा रहेका आन्तरिक मामिला मन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

शुक्रबार, १० पुष, २०७७, दिउँसोको ०१:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर