सडकमा प्रचण्ड र माधव (तस्बिर)

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आजबाट सडक संघर्ष चर्काएका छन् ।

माधवकुमार नेपाल र पुष्पकमल दाहालसहितको टोलीले आफूपक्षीय केन्द्रीय सदस्यहरु, सांसद तथा कार्यकर्तासहित आज सडकमा प्रदर्शन गरेका हुन् ।

बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । त्यसक्रममा १० बजे माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत पुगेका छन् ।

आजै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि पुगेको छ । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको दाबी गरेका छन् ।

शुक्रबार, १० पुष, २०७७, दिउँसोको १२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर