‘पार्टी खरानी बनाएर केन्द्रीय सदस्यको बधाई थाप्दिन’

जिसस मोरङका प्रमुख ओली समूहको शपथग्रहणमा अनुपस्थित

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले केन्द्रीय सदस्य पदमा मनोनित गरेका जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल शपथग्रहण कार्यक्रममा अनुपस्थित हुनुभएको छ ।

प्रमुख पोखरेलले शुभचिन्तकहरुको बधाई तथा शुभकामनासमेत ग्रहण गर्नुभएको छैन ।

‘पार्टीलाई खरानी बनाएर केन्द्रीय सदस्य पदको शपथग्रहण कसरी गर्नु,’ प्रमुख पोखरेलले भन्नुभयो ‘पार्टी एक हुँदा आफुभन्दा जुनियरलाई केन्द्रीय सदस्य बनाएर अपमान गर्ने अनि पार्टी फुटाएर केन्द्रीय सदस्य भइस् भन्दैमा बधाई थाप्दै हिँड्ने कुरा छैन ।’

मोरङ जिल्लामा तात्कालिन नेकपा एमालेको झण्डै १५ वर्ष (तीन कार्यकाल) पार्टी सचिवको भूमिका निर्वाह गर्नुभएका पोखरेल लामो समयदेखि ओली पक्षमै हुनुहुन्थ्यो । उहाँले पार्टी विभाजन गलत भएको भन्दै तीब्र असन्तुष्टि जनाउनुभएको छ ।

आफूलाई विभाजित पार्टीको केन्द्रीय सदस्य बन्न रहर नभएको भन्दै उहाँले नेताहरुले गल्ती गरेको स्वीकार गरेमा मात्र के गर्ने भन्ने निर्णय लिने बताउनुभयो ।

बुधबार, ०८ पुष, २०७७, दिउँसोको ०३:५३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर