ब्राउनसुगर सहित १० जना पक्राउ

विराटनगर । उदयपुर र मोरङका बिभिन्न स्थानबाट सोमवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित १० जना पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–५ बाट अवैध लागुऔषध विक्री वितरण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी–५ का मुस्कान चौधरी, बिक्रम मगर, पञ्चन साह, राजेश धिमाल र लेटाङ–३ का शान्तिराम काफ्ले रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङवाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र को ३५ प २२७२ र को ३३ प २६६ नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको हो । नियन्त्रणमा परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरि विराटनगर महानगरपालिका १२ प्रगति टोलबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले २६ वर्षीय सन्तोष मण्डललाई ४ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
ब्राउनसगुर सहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उता उदयपुरको त्रियुगा नगरपालिका ११ मा ब्राउसुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९ हजार ६२० रुपैयाँसहित पक्राउ गरेको थियो ।

बस्नतेलाई पक्राउ गरेसँगै सोधपुछ गर्ने क्रममा त्रियुगा १४ साउने घर भई त्रियुगा १२ बस्ने २५ वर्षीया पार्वती मगरको समेत संग्लग्नता रहेको खुलेपछि उनको कोठामा छापा मारेर पक्राउ गरेको थियो । मगरको कोठाबाट २०.३४ ग्राम ब्राउनसुगर, नगद ५७ हजार ८००, ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चुरोट र केही सिक्का पैसासमेत बरामद भएको थियो ।

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रियुगा १३ बरुवा खोला किनाराबाट त्रियुगा ११ का ३२ वर्षीय नसिव राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । ब्राउनसुगर र नगद सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बुधबार, ०८ पुष, २०७७, बिहानको १०:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर