नेकपाको ओलीपक्षीय केन्द्रीय सदस्यको बैठक

१४० जनाले घोषणा गरे ११९९ जनाको केन्द्रीय समिति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले ११९९ जनाको केन्द्रीय समिति घोषणा गरेको छ ।

पार्टीको बहुमतसहित बसेको गत स्थायी समिति बैठकले अनुशासनको कार्वाही गर्ने निर्णय गरिसकेको अवस्थामा मंगलबार आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएर ओलीले ११९९ जनाको महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।

नेकपाको ४४६ जनाको केन्द्रीय समितिमा ओली नकिटको संख्या १४० भन्दा कम छ । उनीहरुकै बैठक राखेर ओलीले आयोजक समिति घोषणा गरेका हुन् ।

आफ्नो संख्याभन्दा ८ गुणा बढिको संख्यामा केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन् । ओली समूहको बैठकले अहिले कायम रहेको केन्द्रीय समिति कायम राख्नेगरि ५५६ जनालाई थप गरेको र १९७ जना थप गर्न सक्नेगरी केन्द्रीय कमिटी घोषणा गरेको हो ।

ओली समूहको बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हितविपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको बताइएको छ ।

मङ्गलबार, ०७ पुष, २०७७, दिउँसोको १२:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर