काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा सुरु भएको छ । बिहान नौ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको हो ।
बैठक बस्नु अघि ओली पक्षले केन्द्रीय सदस्यहरुको सूची तयार पारेको छ । आजको यही बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी बहुमत पु¥याउन नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।
यसअघि नै स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ । प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजे बस्दैछ ।