विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध विभिन्न संघ संगठनले विरोध गरेका छन् ।
नेकपा निकट युवा विद्यार्थीहरुले दिउँसो विराटनगरमा विरोध प्रदर्शन गरेका छन् भने कांग्रेस निकट तरुण दलले पनि प्रदर्शन गरेको छ । यस्तै साझा विवेकशिलले पनि प्रम ओलीको कदम असंवैधानिक भएको भन्दै केही समय धर्ना दिएको छ ।
नेकपा निकट युवा विद्यार्थीले तानाशाह मुर्दावाद ! फासिवाद मुर्दावाद ! सर्वसत्तावाद मुर्दावाद, संसद विघटन गर्ने निर्णय खारेज गर, असंवैधानिक कदम खारेज गरे भन्दै विरोध प्रदर्शन गरेको छन् । यस्तै उनीहरुले प्रतिगामी कदम मान्दैनौं, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर एक हौं जस्ता नारा पनि लगाएका छन् ।
यस्तै नेपाली कांग्रेस निकट तरुण दलले संसद विघटन असंवैधानिक भएको भन्दै उक्त निर्णय खारेजको माग गरेको छ । यता साझा विवेकशिलले केपी ओलीको असंवैधानिक कदम विरुद्धको विरोध प्रदर्शन भन्दै ¥याली निकालेको छ ।