सात जना मन्त्रीले दिए सामुहिक राजिनामा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमको विरोध गर्दै सरकारका सात जना मन्त्रीहरुले आइतबार सामुहिक राजिनामा दिएका छन् ।

प्रधानमन्त्रीको असंवैधानिक प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि असन्तुष्ट मन्त्रीहरुले पदबाट राजिनामा दिएका हुन् ।

उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर, पयर्टन मन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल र श्रममन्त्री रामेश्वर राय यादवले सामुहिक राजिनामा दिएका हुन् । मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर सामुहिक राजिनामा दिएका हुन् ।

आइतबार, ०५ पुष, २०७७, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर