काठमाडौं । सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार पुग्नुभएको छ ।
शुक्रबार साँझ बालुवाटरमा दुई अध्यक्षबीच भएको भेटमा सहमति नजुटेको अवस्थामा शनिबार विहानै प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो ।
भेटवार्ताका लागि अन्य नेताको घरमा विरलै पुग्ने ओली आपूmमाथि संकट आएपछि भने घर धाउने गरेका छन् । गत वैशाखमा पार्टीको विवादमा उत्कर्षमा पुगेको बेला पनि ओली उपाध्यक्ष वामदेव गौतमको निवासमा पुग्नुभएको थियो । ओली प्रचण्ड निवासमा प्रचण्डपुत्र प्रकाश दाहालको पहिलो वार्षिकीको दिन पुगेकोमा प्रधानमन्त्री भएपछि दोस्रो पटक खुमलटार पुगेको बताइएको छ ।
पार्टीभित्र सबै कमिटिमा बहुमत गुमाएर अप्ठ्यारोमा परेका ओली खुमलटार पुग्नुलाई अर्थपूर्ण मानिएको छ। पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक सरकारले ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
खुमलटारमा अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालुप्रचण्डुबीच छलफल भइरहेको प्रचण्डको सचिबालयले जनाएको छ ।