सुनकोशीमा बेलिब्रिज सञ्चालन

उदयपुर । उदयपुर र खोटाङ जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ ।

उदयपुरलाई पहाडी जिल्लाहरुसँग जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटारको फोक्सिङटार र खोटाङको खाटेहाङ गाउँपालिका–१ लिक्चिराम्चेको बीचमा पर्ने सुनकोशीमा निर्माण गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको हो ।

गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ८४ लाखमा रेग्मी निर्माण सेवा गाईघाटले गत मंसिर ५ गतेदेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज सञ्चालनमा ल्याएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले जानकारी दिनुभयो । हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा ६ वर्षदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाईको अस्थायी बेलिब्रिज लगाउने गरिएको छ ।

१०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेलिब्रिज सञ्चालनमा आएसँगै पहाडी छिमेकी जिल्ला खोटाङ, ओखलढुङ्गा, भोजपुरलगायतका जिल्लाहरुमा आवतजावतका लागि सहज भएको छ । बेलिब्रिज नहुँदा उदयपुर र खोटाङको गाडी कोशीवारिको वारि नै र पारिको पारि नै रोकेर राखिन्थ्यो ।

फोक्सिङटार अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक ८० लाख रुपैयाँको खर्च हुँदै आएको छ ।

बिहिबार, ०२ पुष, २०७७, बिहानको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर