अध्यादेश र विषेश अधिवेशनको आवेदन फिर्ता

काठमाडौं । सरकारले जारी गरेको संवैधानिक परिषद सम्बन्धि अध्यादेश फिर्ता गर्ने भएको छ । सत्तारुढ दल नेकपाको बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले अध्यादेशसँगै संसदको विषेश अधिवेशन आव्हान गर्नका लागि नेकपाका ८३ सांसदहरुले राष्ट्रपति कार्यालयसमक्ष बुझाएको पत्र समेत फिर्ता लिने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले मंगलबारको संवैधानिक परिषदको बैठकले कुनै निर्णय नगरेको जानकारी दिनुभएको थियो ।

नेकपाको स्थायी कमिटीको अर्को बैठक पुस ५ गते र केन्द्रीय कमिटीको बैठक १० गते गर्ने निर्णयसमेत भएको छ ।

बुधबार, ०१ पुष, २०७७, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर