प्रभु अझै कति फुटाउँछौ ?

 लिलाबल्लभ घिमिरे

२११ वर्षको इतिहास हेर्दा नेपालमा ३८ जना व्यक्ति अहिलेसम्म यो देशको प्रधानमन्त्री बने । केपी शर्मा ओली यो देशका ६२ औँ प्रधानमन्त्री हुन् । भीमसेन थापा यताका मुख्तियारलाई प्रधानमन्त्री मान्ने र दोहोरिएकालाई पनि गन्ने हो भने केपी ओलीलाई ६२ औं प्रधानमन्त्री मान्नु पर्छ । यदि पाँच मुख्तियारलाई नमान्ने र दोहोरिएकालाई पटकपटक गणना गर्ने हो भने ओली ५७ औं प्रधानमन्त्री हन् । एक पटक भन्दा वढि प्रधानमन्त्री भएकाहरुको गणना नगर्ने र भीमसेन थापापछिका मुख्तियारलाई पनि प्रधानमन्त्री नमान्ने हो भने ओली ३८ औं प्रधानमन्त्री हुन् ।

सिंहदरबारमा तस्बिर झुण्ड्याएकै आधारमा प्रधानमन्त्रीको संख्या लेख्ने हो भने पाँच पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, तीन पटक प्रधानमन्त्री बनेका कीर्तिनिधि विष्ट, दुई पटक प्रधानमन्त्री बनेका केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, तुलसी गिरी, मातृका कोइराला, जंगबहादुर राणा र फत्तेजंग शाहको सबै संख्या गन्दा ६० औं प्रधानमन्त्रीमा ओलीको नाम आउँछ । तर दोहोरिएका व्यक्तिलाई प्रधानमन्त्री नभन्ने र सरकारको आधिकारिक वेबसाइटलाई मान्ने हो भने ओली ३८ औं प्रधानमन्त्री हुन् । सबैभन्दा पहिला १९०० सालमा माधवरसिंह थापालाई ‘प्राइम मिनिस्टर’ भनेर औपचारिक रुपमा सम्बोधन गरिएको थियो ।

हो वास्तवमा हामीहरुले धेरै व्यवस्था परिर्वतन ग¥यौं प्रधामन्त्री परिवर्तन ग¥यौं । तर देशले स्थायी सरकार अहिलेसम्म पाउन सकेको छैन् । यसको प्रमुख कारण हामीले प्रष्ट भन्दा छिमेकी राष्ट्र भारत नै भएको सवैले बताउँछन् । के साँचीकै भारतकै कारण नेपालको सरकार स्थायी हुन नसकेको हो त ? अहिले नेकपामा देखिएको विवादको प्रमुख जड भारत नै हो त ? यो प्रश्नको उत्तर सहज पक्कै छैन् । किनभने जो चल्छन् उनीहरु कस्ले चलायो भनेर मुखै खोल्दैनन् । जो बोल्छ उनीहरुलाई यथार्थ नै थाहा हुदैन् ।
नेकपाका दुई अध्यक्ष बीचको झगडा तत्काललाई मिलेजस्तो भएपनि यो सरकारले अब जनताका पक्षमा काम गर्न सक्दैन भन्ने कुरामा सबै ढुक्क प्रायः छन् । एक हिसाबले भन्ने हो भने ओलीले प्रचण्डलाई अब जादाँ हुन्छ सँगै बस्न सकिदैन भनेर भनिसकेका छन् । प्रचण्ड अब जाने सबै भन्दा उपयुक्त मार्गको खोजीमा छन् । यो जहाज डुबाउँदा आफुसँग को को डुब्न तयार छन् भन्ने लेखा जोखा गरिरहेका छन् ।

ओलीलाई के थाहा छ भने नेकपा कुनैपनि सत्रमा फुट्छ । आज नफुटे भोली फुटाइन्छ । त्यसैले जति सक्दो चाँडो पुरानो एमालेलाई गोलवद्ध गर्न चाहन्छन् ओली । अहिले कांग्रेससँग मिलेर सरकारपनि चलाउने र नेकपा एमालेलाई चुनावसम्म नेकपा बन्नुभन्दा अगाडिको अवस्थामा पु¥याउने उनको एक मात्र सपना छ । यसमा माधवकुमार नेपाल लगायतका केहि नेता प्रचण्डसँगै बसेपनि फरक नपर्ने उनको वुझाईछ । यसमा ओली निकटका सबै र अहिले माधव र प्रचण्ड तिर देखिएका केहि नेताहरुसमेत सहमत छन् ।
भारतले यो संविधान र व्यवस्थालाई टिक्न दिदैन । र मेरो नेतृत्वमा आउने निर्वाचन हुदैन भन्ने कुराको हेक्का ओलीलाई छ । ओलीले आफ्नो रोडम्याप आफ्ना गुटका जिल्ला तहका नेतासम्म स्थापित गराइसकेका छन् । तर, यहाँ प्रचण्ड अब के गर्ने भन्ने बारे अलमलमा छन् । ओलीका रिसले नेकपालाई फुटाउँ त्यसको दोष सवै आफैंलाई आउने । नफुटाउँ ओलीले बिदा गरिसकेको अवस्था । वास्तविक अन्योल प्रचण्डमा देखिन्छ । भारतले भनेको नमान्दा वीपी कोइराला र तात्कालिन व्यवस्था परिवर्तन गर्नसक्ने, राजा महेन्द्र, गिरिजाप्रसाद कोइराला हँुदै राजा ज्ञानेन्द्र र अन्तिममा शुसील कोइरालालेसमेत बिदा लिनुप¥यो । ओलीलाई फ्याक्नु भारतका लागि असम्भव छैन् । नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष खेल्ने भारतले यो पटक नेकपाभित्र यति ठूलो खाडल बनाइदिसकेको छ कि अब त्यो खाडल पुर्न त्यसै पार्टीका नेताहरु हाल्नु पर्छ । त्यो खाल्डोमा को पर्छ त्यो चाँही भविष्यले बताउने छ ।

यस पटक ओलीलाई प्रचण्डले जे आरोप लगाएका छन् । त्यो फिर्ता लिए भने केहि समयका लागि विवाद मिलेजस्तो हुन्छ । तर, त्यो धेरै दिन टिक्न सक्दैन् । आफुलाई मनै नपरी आएको संविधान, संघीयता र धर्मनिरपेक्षता भारतको टाउको दुखाईका विषय हुन् । अहिले नेकपामा देखिएको विवादले यी तिनै कुरा संकटमा परेका छन् । यसलाई कसरी जोगाउने भन्ने महत्वपूर्ण प्रश्न हो । नेकपामा देखिएको विवादसँग सडकमा देखिएका राजावादीका जुलुस र जङगलमा सुरु भएको हत्या सबै यसैका पाटा हुन् भन्ने बुझ्न त्यति कठिन छैन् । यो कुरा नेताहरुले पनि बुझेका छन् । चाहे ती प्रचण्ड हुन् या केपी तर, उनीहरु कुरा बुझिबुझी पनि इसारामा नाच्न बाध्य छन् । घरमा श्रीमतीसँग समाचार हेरेर बसिरहेका श्रीमान् जति श्रीमतीको हातमा रिमोट परेपछि सिरियल हेर्न वाध्य हुन्छन् त्यसै गरी नेपालको राजनितिको रिमोट अरुकै हातमा छ ।

माथि जे भएपनि अहिले नै नेकपाको विवाद हाम्रो घर टोलसम्म ल्याउन आवश्यक हैन् । तर शनिवार युवा संघ नेपालका नाममा प्रदेश १ मा केपी शर्मा ओली पक्षले गरेको भेला होस् या आउने ३० गते विराटनगरमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गर्न लागेका भेला हुन् यी सबै आगोमा ध्यु हाल्ने काम मात्र हो । यसबाट के प्रष्ट हुन्छ भने दुवै पक्ष पार्टी एकतामा हैन फुटमा रमाउन चाहन्छन् ।

आइतबार, २८ मंसिर, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर