लीलावल्लभ घिमिरे
केपी शर्मा ओलीको हट र नेकपा भित्रको खट्पटीको बदलामा राजतन्त्र खोज्नु मुर्खता शिवाय अरु केहि हुन सक्दैन् । नेकपामा गहिरदै गएको विवादको मौका छोपेर सडकमा राजा खोज्नेहरु देखिन थालेका छन् । विचरा उनीहरुलाई थाहा छ राजा सडकमा खोजेर भेटिदैनन् । तैपनि कहाँवाट हो किन र केका लागि हो ? आज भोली राजा खोज्नेहरु सडकमा देखिन थालेका छन् । हुन त विगत बर्षहरुमा पनि सडकमा राजा नखोजिएको हैन् । यसरी खोज्दा राजा साँचीकै भेटिन्छन् त ? यो प्रश्नको उत्तर स्वयम राजा खोज्न सडकमा उत्रिएकाहरु संगपनि छैन् होला ।
हुन त उनीहरुलाई दोष दिनुपनि गलत हुन्छ । आज जसलाई नेपाली जनताले विश्वास गरेर सत्ता पु¥याए उनीहरुकै कारण सडकमा राजाको खोजी हुन थालेको हो । सरकारमा सर्वहाराको नेतृत्व गछौं भन्ने पार्टी सरकारमा छ । त्योपनि दुइ तिहाइ नजिक तर जनताहरु सडकमा राजाको पक्षमा जुलुस निष्कदा शिर झुकाएर हिड्नु पर्ने अवस्था छ । हिजो त्यही राजा फ्याक्नका लागि हतियार बोकेर जङगल पसेका प्रचण्डको अध्यक्ष भएको पार्टी सरकारमा छ ।
उनैका कार्यकर्ता आज सडकमा तमासा एक सुरले हेर्न वाध्यछन् । प्रचण्डको रडाको धेरै भइ सकेको छ । निकास सहज छैन् । यो किचलोलाई जति धेरै लम्ब्यायो उति सडकका तमासहरु वढ्दै जाने पक्का छ । प्रचण्डले जति सक्दो चाडो निकास निकाल्न सक्नु पर्छ । ओलीवाट समस्या समाधान हैन् वढाउने काम मात्र हुन्छ भन्ने कुरामा दुइ मत छैन् । प्रचण्ड यदी प्रचण्डले निकास दिन नसक्ने हो भने उनले पार्टीको अध्यक्षवाट राजिनामा गर्नु पर्छ र महाधिवेशन सम्म धै¥य गर्न सक्नु पर्छ । नत्र सडकमा राजा खोज्नेहरुको भिड बढ्न थाल्छ । छिमेकीहरु खुशी हुन्छन् । लामो समयपछि बनेको नेपालको स्थायी सरकार गुम्ने छ र फेरी राजा वा कुनै नाममा नेपाललाई राजनितिक अस्थिरतामा धकेलीने छ र आफ्ना कथित स्वार्थ पुरा गराइने कुरामा दुइ मत हुन सक्दैन् ।
के साँचीकै नेपालमा राजतन्त्र आउँछ त ? के राजतन्त्रको आवश्यकता हो त ? अनि राजतन्त्रले नेपालीलाई समृद्ध बनाउन सक्छ त ? धेरै प्रश्नको उत्तर सहज छ । त्यसो भए नेपाल राजाले धेरै बर्ष शासन गरे किन आज हाम्रो हालत यस्तो छ । केपी शर्मा ओलीले जनताको पक्षमा काम गर्न नसक्नु भनेको राजाले सक्नु हो भन्ने बुझ्नु सवै भन्दै ठूलो भुल हुने छ । म धेरै कुरा त ठोकुवा गर्न सक्दिन अब नेपालवाट संघियता जानु र राजतन्त्र फर्कनु दिवा सपना मात्र हो । यो सपना कतिले देखेका छन् मलाई थाहा छैन् । तर नदेख्दा राम्रो ।
सहरमा दुइ चार सय मोटर साइकलमा राष्ट्रिय झण्डा देख्न साथ मानव सागर देख्नेहरुलाई हेक्का हुनु पर्छ । आज देश भर राजा खोज्दै सडकमा जति मोटर साइकल निष्केका छन् । त्यो भन्दा वढि संख्यामा यो देशमा राजालाई सडक सम्म ल्याउनका लागि नेपालीहरुले ज्यान दिएका छन् । यदी यी नै राजावाट देश समृद्ध बन्ने थियो त किन त्यतिका मान्छे मर्न तयार भएका होलान् ? यो प्रश्नको उत्तर सवै संग छ ।
२१ औं सताब्धीमा प्रजातन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन् । हिजो सडकमा आफुलाई ल्याउने काम राजादरबारवाटै भएको हो भन्ने सवैलाई थाहा छ । हिजोको राजदरवार हत्या कण्डलाई नेपालीहरुले भुलेका छैन् । आज फेरी एक पटक फेलीयर भइ सकेको व्यवस्थालाई पुःन प्रयोगमा ल्याउन सकिन्छ भनेर बल लगाउनुको साटो प्रजातन्त्र भित्र उत्तम विकल्पको वाटो खोज्नु वुद्धिमानी हुन्छ ।
यहाँ निर मलाई राजा खोज्न सडकमा निष्केकाहरु संग भन्दापनि आफुलाई संघियता र गणतन्त्रका मसिहा हुँ भन्नेहरुदेखि उदेक लाग्छ । आज तिनै मसियाहरु चिया वसेर सम्भावना नै नभएको कुरामा वहस गरी रहेका छन् । राजा खोज्न सडकमा भौंतारी रहेकाहरु भन्दा आफुलाई प्रजान्तन्त्रवादीको दुहाइ दिएर चिया पसलमा राजा खोज्नेहरुको कुरा दोर्चाहरु गणतनत्रका लागि वढि घातक हुन् ।
राजाले श्रीपेच फुकालेको आज पन्द्र बर्ष पुगन लाग्यो । यो अवअधिमा पुर्व राजाले के त्यस्तै काम गरे जस्ले गर्दा उनलाई फेरी श्रीपेच पहिराइ दिनु । उनले मात्र हैन राजतन्त्रको ओकालतमा वोल्नेहरुलेपनि अहिले सम्म के त्यस्तो काम गरे जस्ले जनता जुरुकै उनीहरुको पछि लागि हालुन । आज राजतन्त्रवादीहरुको एउटै मुद्धा छ अहिलेका दलहरुले यो देश लुटे सवै राजा भए एउटै राजा वनाउँ । यति नै मुद्धामा व्यवस्था परिर्वतन हुन सक्दैन् । अर्काले गरेको गल्ती देखाउँदा त एक छिन्लाई मज्जा हुन्छ तर त्यो लामो समय सम्म टिक्न सक्दैन् ।
त्यसैले यो अनावश्यक प्रोपोगाण्डाको पछाडी लाग्नु भन्दा दलहरुका नेताहरुलाई सजक बनाइ समृद्धिको यात्रामा लाग्नुको विकल्प छैन् । त्यस तर्फ सवै लाग्नु आजको आवश्यकता हो । यसैमा सवैको कल्याण छ । नत्र सडकमा राजा खोज्दा खोज्दा नभेटीएपछि कुनै तानासाहको पछि लाग्नु पर्ने वाध्यता पनि आउन सक्छ । यो देशमा बरु कुनै एउटा तानासाह आउन सक्ला राजा चाही हामीले सडकमा खोजे जसरी भेटाएर थवकै सिंघासनमा राख्न कठिन छ । पशुपति नाथले हामी सवैको कल्याण गरुन् ।