विराटनगर । बेरोजगार युवायुवतीहरुलाई आकर्षक आम्दानीको प्रलोभन दिएर समाजसेवाको बहानामा भीख माग्ने गिरोह बनाउन मोरङका एक व्यक्ति सक्रिय रहेको खुलेको छ ।
समाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारीको अवसर भन्दै विज्ञापन गरेर बेरोजगार युवायुवतीको भीख माग्ने गिरोह बनाउन केशव बजगाँई सक्रिय भएको खुलेको पाइएको छ ।
विज्ञापन हेरेर रोजगारको लोभमा सम्पर्कमा पुगेका तर भीख माग्ने काम भन्ने थाहा पाएर सम्पर्क छाडेका केही पीडितहरुका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका बेलेपुर घर बताउने बजगाईंले विराटनगर, इटहरी र झापाको दमकमा गिरोह बनाएर भीख मगाउन थालिसकेका छन् ।
रोजगारका लागि सम्पर्कमा आएका पढेलेखेका बेरोजगार सुकिला युवा युवतीलाई परोपकार, मानव सेवा, समाज सेवाका लागि भन्दै शिक्षित र मायालु तरिकाले भीख माग्न पठाउन गरेका छन् । भीख माग्ने सदस्य बनेकाहरुले हातमा स्मार्ट फोनमा छटपटाइरहेको विरामी र आफ्नो फोटो तथा भिडियो, अस्पतालको नक्कली पुर्जा र स्थानीय पालिकाले दिएको सिफारिस देखाउने गरिएको छ ।
भीख माग्ने क्रममा छट्पटाउने विरामी आफन्त भएको र आफैं विरामी भएको भन्ने उनीहरुमध्ये कतिपयले आफूहरु स्वयंसेवक भएकोले उनीहरुलाई सहयोग गर्ने अभियानमा लागिपरेको पाइएको छ । यसरी सहयोग मागेको पैसा उनीहरुले आफ्नो कमिसन छुट्याएर बजगाईंलाई दिने गरेका छन् । प्राप्त गरेको रकमले आफूले अशक्त असायहरुलाई सेवा गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने बजगाँइले बताउने गरेका छन् ।
भीख माग्ने गिरोहका सदस्यहरुलाई बजगाईले च्याट ग्रुपमार्फत सम्पर्क गर्ने गरेका छन् । उनको सम्पर्कमा आइसकेकाहरुलाई उनले अडियो भिडियो रेकर्ड गर्ने, उनीहरुकै अकाउन्टमा ग्रुप बनाएर रोजगारको विज्ञान गर्ने र भनेको नमानेमा जे पनि गर्न सक्ने भन्दै धम्कीसमेत दिने गरेका छन् । नयाँ प्रकारको समाजसेवा मात्र नभएर राष्ट्रिय अभियान पनि भएकोले भीख माग्ने अभियानलाई देशका सबै मुख्य शहरमा विस्तार गर्ने योजना लिएको सदस्यहरुलाई बताउने गरेका छन् ।
शिक्षित र सुकिला युवायुवतीलाई समाजसेवाका लागि भन्दै विरामीको उपचार वा अन्य कुनै बहानामा सहयोग संकलन गर्न पठाउँदा सबैले दुःख पाएको भन्दै विश्वास गरेर धेरै पैसा दिने गर्दछन् । बजगाईंले नयाँ जुक्ति निकालेर विवस बेरोजगार युवायुवीहरुको भीख माग्ने गिरोह बनाउन लागेको पीडितहरु बताउँछन् ।
भीख माग्नेहरुको गिरोह बनाउन बनाउन सक्रिय भइरहेकोबारे प्रहरीले शनिबार मात्रै जानकारी पाएको छ । बजगाईको सम्पर्कमा पुगेर फर्किएका एक पीडितले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा ठगी, साइबर अपराध र सरकारी कागजात किर्ते अपराधमा उजुरी दर्ता गराएका छन् ।
पुलिश प्रशाशन ले यो कुरा लाई सामान्य रुप मा हेरेर बेवास्ता गर्ने त होइन भन्ने शंका उत्पन्न भएको छ।सरासर आफ्नै बाबू माथिको व्यापार,नगरपालिका को कृते सिफारिस,अनि रोजगार दिने बहाना मा जे पनि गर्न सक्ने ब्याक्ती लाई छिटो भन्दा छिटो कारवाही मा लिनु पर्दछ।