कोरोना संक्रमित प्रदेश प्रमुख अधिकारी थप अस्वस्थः उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिँदै

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अभिकारी प्यासीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गरिएको छ ।

कोरोना संक्रमण भएर केही दिनदेखि होम आइसोलेसनमा बस्दै आउनुभएका ७२ वर्षे प्यासी स्वासप्रस्वासमा केही समस्या भएको र अक्सिजनको मात्रा पनि नबढेपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भएको हो । अक्सिजनको लेभल ९० भन्दा कम भएको र केही समयदेखि अक्सिजन लेभल नबढेका कारण थप उपचारका लैजाने तयारी भएको हो ।

गत साता कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्नुभएका प्रदेश प्रमुख अधिकारीलाई केही बेरपछि हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी भएको स्वकीय सचिव प्रतिक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रदेश प्रमुख अधिकारीको अक्सिजन लेभल ८९ रहेको छ ।

मुटुको समस्या भएका अधिकारीको त्रिवि शिक्षण अस्पतालमा लगिने बताइएको छ। उहाँसँग स्वकीय सचिव ढकाल तथा प्रदेश प्रमुख अधिकारीकी श्रीमती जानुका अधिकारीपनि काठमाण्डौ जाने तयारी गरिरहनुभएको छ ।

शुक्रबार, १९ मंसिर, २०७७, दिउँसोको ०२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर