प्रदेश १ : १४११ को परीक्षण गर्दा २८७ जनामा कोरोना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ४११ जनाको पिसिआर परीक्षण गर्दा २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परीक्षण गरिएकामध्ये १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म १ लाख ९४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमध्ये २७ हजार ८२० जना संक्रमित भेटिएका छन् । जसमध्ये ३८३ जनाको मृत्यु भएको छ ।

बिहीबार मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्लाबारीमा १५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ६, लेटाङमा ४, बुढीगंगामा ३, ग्रामथान र कटहरीमा २–२, धनपालथान, मिक्लाजुङ, सुनबर्षी, कानेपोखरी र केराबारीमा १–१ जनामा संक्रमण देखिएको हो । यस्तै, झापाको हल्दिबारीमा १३, विर्तामोडमा १०, भद्रपुरमा ७, दमकमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, शिवसताक्षी, कचनकवल र बा¥हदशीमा ३–३, गौरादह र अर्जुनधारामा २–२, गौरीगञ्ज, बुद्धशान्ति, मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २५, इनरुवामा ६, रामधुनीमा ५, धरानमा ४, दुहवीमा ३, बराहक्षेत्रमा २, भोक्राहा नरसिंह, हरिनगर र देवानगञ्जमा १–१, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ७, इलामको इलाम नगरपालिकामा ४, पाँचथरको फिदिम, हिलिहाङ र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, स्थानीय तह नखुलेका १ जना संक्रमित भेटिएका छन् । यसैगरि, भोजपुरको भोजपुर र अरुणमा १–१, ताप्लेजुङको पाथीभरा याङ्वरक, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र धनकुटाको पाख्रिवासमा १–१ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा बिहीबार १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४३७ पुगेको छ ।

बिहिबार, १८ मंसिर, २०७७, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर