नोबेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । झापाको शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

निमोनिया देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको नोबेल हस्पिटलका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो । मृतकमा दिर्घरोगको समस्या थिएन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।

 

शुक्रबार, १४ कार्तिक, २०७७, दिउँसोको ०२:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर