विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
मंगलबार प्रेस नोट जारी गरी नेता नेपालले कोरोना संक्रमितको निशूल्क उपचार नगर्ने निर्णत तत्काल फिर्ता गर्नसमेत माग गर्नुभएको छ । ‘कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने निर्णय आफैंमा आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।
कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन हुने नेता नेपालले बताउनुभएको छ ।