विराटले डिस्चार्ज दियोः संक्रमित बालिकाको बाटैमा मृत्यु

विराटनगर । अस्पतालले डिस्चार्ज गरेको केहि समयमै इलामको सुर्योदयय नगरपालिकाकी कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।

इलामको सूर्याेदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो ।

अस्पतालमा २४ दिन अगाडि भर्ना गरिएकी बालिकाको दुबै मृगौलाको काम गर्न छोडेको थियो । खुट्टादेखि टाउकोसम्म सुनिएकी उनलाई ४ दिन अघि कोरोना पोजिटिभ पुष्टि भएपछि अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेकोमा राति ११ बजे घर फर्काउने क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

कोभिड १९ देखिएपछि पनि चार दिन अस्पतालमै राखिएकी बिरामीलाई शुक्रबार साँझ रोगले झनै चापेपछि अस्पतालले डिस्चार्ज दिएको परिवारले जनाएको छ । डिस्चार्ज दिएको बिरामीलाई कोभिड अस्पतालहरुले समेत बेड नभएको भन्दै राख्न नमानेपछि परिवाले बालिकालाई घरै फर्काएको थियो । अस्पतालले अन्तिम अवस्थामा अन्यत्र लानु भन्दै डिस्चार्ज दिएपछि परिवारले घरै फर्काएको जनाइएको छ ।

शनिबार, ०१ कार्तिक, २०७७, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर