विराटनगर । ६५औं प्रहरी दिवस २०७७ को अवसर पारेर बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङ्गणमा रक्तदान कार्यक्रयम गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तर्गतको क्षेत्रीय रक्तसेवा विराटनगरको उपस्थितिमा प्रहरीले रक्तदान गरेको हो ।
पछिल्लो समय कोभिड १९ का कारण देशैभर रगतको कमी भइरहेको बेला रक्तसञ्चार सेवामा रगत अभाव नहोस् भन्ने हेतुले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान गरेको हो । रगत अभावका कारण विभिन्न अस्पतालमा पु¥याइएका बिरामीहरुको उपचारमा समेत समस्या भईरहेको रक्तदानको कार्यक्रम चलिरहेकै समयमा कोशी अस्पताल बिराटनगरमा एक महिलालाई तत्काल रगत आवश्यक परेको जानकारीपछि रगत उपलब्ध गराईएको प्रहरीले जनाएको छ ।
कार्यक्रममा १०१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।