विराटनगर । सुनसरीको धरानमा बुधबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मोरङको बेलबारी नगरपालिका १० का ३७ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगरपालिका ६ की ६० वर्षीय महिलाको मृत्यु भएको हो।
मृतक पुरुषमा २१ असोजमा कोरोना पुष्टि भएको थियो। विपी कोभिड अस्पतालमा २७ गते भर्ना गरिएको उनमा दिर्घरोग रहेको जानकारी परिवारले दिएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका ६० वर्षीय महिलालाई असोज २४ गते कोरोना पुष्टि भएको थियो। मधुमेह रोगी उनको बिहान ४ बजे मृत्यु भएको हो।
योसँगै बिपी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५३ पुगेको छ।