नेकपा मोरङ इन्चार्जलाई कोरोना संक्रमण

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घनेन्द्र बस्नेतलाई कोरोना संक्रमण भएको छ ।

केही दिन अघि ज्वरो आएपछि घरमै उपचार गरिरहनुभएका इन्चार्ज वस्नेतलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उहाँलाई टाइफाइट पनि देखिएको छ ।

‘मलाई पाँच सात दिन अघि सामान्य ज्वरो आएको थियो र रुघापनि लागेको थियो, भाइरल होला भनेर तत्काल परीक्षण गराइन,’ नेता वस्नेतले भन्नुभयो ‘पुरानो दमको बिरामी मलाई टाइफाइड देखिएपछि कोरोना पनि हेरौं भनेर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आयो ।’

स्वासप्रस्वासको समस्या भएपछि नेता बस्नेतलाई आजै न्युरो अस्पतालको कोभिड उपचार केन्द्रको क्याबिनमा भर्ना गरी उपचार थालिएको छ ।

शुक्रबार, १६ असोज, २०७७, बिहानको ११:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर