बालिका खड्का प्रहरी नियन्त्रणमा

काठमाण्डौ । काठमाण्डौको कोटेश्वरस्थित पेरिसडाँडाबाट प्रहरीले बालिका खड्कालाई नियन्त्रणमा लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक चलिरहेकोबेला बैठक स्थल प्रवेश गर्न जबरजस्ति गरेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको हो ।

खड्काले नेताहरुसँग भेट गर्नुपर्ने काम रहेको भन्दै जबरजस्ती पार्टी कार्यालयमा प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।  ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेकपाको कार्यकर्तासमेत रहेकी खड्का प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई विभिन्न लान्छना लगाएका कारण बेलाबेलामा चर्चामा आउने गरेकी छन् । भदौ ३१ गते लिभिङ टुगेदरमा राखेको भन्दै अंशदावी गरी दायर गरेको मुद्दा खड्काले फिर्ता गरेकी थिइन् । त्यसबेला उनले अरुको उक्साहटमा मुद्दा दायर गरेको प्रतिक्रियासमेत दिएकी थिइन् ।

 

आइतबार, ०४ असोज, २०७७, दिउँसोको ०१:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर