फुड बैंकद्वारा रक्तदान

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा संचालित फुड बैंक समूहले शुक्रबार रत्तmदान गरेको छ ।

रक्तदानमा ८८ जना सहभागी भएको फुड बैंक कार्यक्रमका संयोजक एवम् सामाजिक अभियान्ता प्रदिपकुमार राईले जानकारी दिनुभयो। कोरोना महामारीका कारण जारी बन्दाबन्दी (लकडाउन) कारण अस्पतालमा भएको रगत अभावलाई सहयोग गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको राईले बताउनु भयो ।

कोरोना भाईरस माहामारी कारण रोजगारी गुमाई दैनिक जीवन चलाउन समस्या भोगी रहेका महानुभाबलाई सहयोग गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा स्थानीय युवाको सक्रियतामा संचालित फुड बैंकले बिगत दुईसाता अघिदेखि खाद्यान्न वितरण गर्दै आएको छ ।

‘हामी छौं त केवल एक अर्काका लागि छौं, सकिन्छ दिएर जाउँ, सकिँदैन लिएर जाउँ’ भन्ने नाराका साथ गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब, जेसिआई पथरी, हेम्स इन्टरटेनमेन्ट, कंचनजंघा दैवी प्रकोप समिति, अन्नपूर्ण बोर्डिङ र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको हो । अभियानमा देश विदेशका नेपालीहरु सहभागी छन् ।

शनिबार, २७ भदौ, २०७७, बिहानको ११:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर