इटहरा । मोरङको रतुवामाई नगरपालिकाले भाद्र २७ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । पछिल्लो पटक समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो । सोमबार नगरपालिकामा ५ जनामा कोरोना संक्रमण देखिएपछि देखिएपछि झुर्किया बजार, आमबारी चौक र पैयामारी चौकबाट २०० मिटरसम्म पुर्ण रुपमा शिल गरी अन्य क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको नगरपालिका स्तरीय कोरोना भाईरस रोकथाम नियन्त्रण प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको बैठकले सुरक्षा सतर्कता अपनाउदै ४ बजे सम्म पसल व्यवसाय संचालन गर्न पाउने निर्णय गरेको छ । पछिल्लो २४ घण्टामा रतुवामाईमा पाचँ जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालको ल्याबमा गरिएको परीक्षणमा सोमबार दिउँसो आएको रिपोट अनुसार रतुवामाईका ५ जनामा पोजेटिभ देखिएको हो ।
हालसम्म रतुवामाईमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७८ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । अहिले ७ जना संक्रमिहरुको आइसोलेसनमा उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष शाहले जानकारी दिनुभयो । संक्रमित ७ मध्ये ३ जना सुरक्षाकर्मी रहेका छन् । रतुवामाईमा हाल सम्म एक हजार ६९ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गराएका मध्ये ७ जनाको रिर्पोट आउन बाँकी रहेको पनि शाहले बताउनुभयो ।
त्यस्तै नगरपालिकाले वडा नम्बर ४ झुर्कियास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ । आइसोलेसन भदौ २२ गतेबाट सञ्चालनमा आएको छ । २५ वटा बेड रहने उक्त आइसोलेसन केन्द्रमा हाल १६ वटा बेड तयारी अवस्थामा रहेको नगरप्रम’ख रविन राईले बताउनुभयो । बाकी बेडहरु चाडै नै व्यवस्था गरिने उहाँको भनाई छ । आइसोलेसन सञ्चालनमा सुरुभएसँगै सात जना कोरोना संक्रमितहरुलाई राखेर उपचार सुरु गरिएको पनि मेयर राईले जानकारी दिनुभयो ।
आइसोलेसनमा उपचारत संक्रमितहरुलाई स्वास्थ्य मापदण्ड अनुसार खानपिन र आवासको प्रबन्ध गरिने मेयर राईको भनाई छ । त्यसैगरी संक्रमितहरुलाई सहज रुपमा सञ्चार सुबिधा दिन वाइफाइको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । आइसोलेसनमा आफ्नो नगरका संक्रमितहरुलाई मात्र राखिने पनि नगरप्रमुख राईले बताउनुभयो ।