प्रदेश १ मा कोरोना संक्रमित दुई जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकएक जना गरी दुई जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका – २, तीनपैनी चोकका ७० वर्षिय पुरूषको शनिबार राती मृत्यु भएको हो । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि शनिबार साँढें ५ बजे अस्पतालमा उहाँको मृत्यु भएको कोसी अस्पतालका सुपरिटेन्टडेन्ड डा. चुमनलाल दासले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएकोे मृतकको स्वाब परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । मृतकको शव आइतबार दिउँसो नेपाली सेनाले व्यवस्थापनको लागि मोरङको कानेपोखरीको जंगलतर्फ लगेको अस्पतालले जनाएको छ ।

यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाको कन्काई ३ की ३५ वर्षे महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको छ । बिहान १०ः४५ मा उहाँका मृत्यु भएको अस्पतालले जनाएको हो ।

केही दिनदेखि शारीरिक दुर्बलताको समस्या रहेको उहाँलाई दुई दिनदेखि ज्वरो आएको र स्वासपश्वासमा समस्या भएको थियो । लगतै प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरेको उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । उहाँको प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

यो सँगै आइतबारसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २९ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार, २१ भदौ, २०७७, दिउँसोको ०२:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर