एसियाटिकको आइसोलेसनबाट ८ जना कोरोनामुक्त

विराटनगर । विराटनगरस्थित एसियाटिक होटलमा बनाएको आइसोलेशनबाट कोरोनालाई परास्त गर्दै संक्रमितहरू डिस्चार्ज हुन थालेका छन् ।

प्रदेश १ सरकार र विराटनगर महानगरपालिको सहयोगमा बनाएको होटल आइसोलेशनबाट ८ जना संक्रमितहरू निको कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

बिहीबार ५ जना पुरुष र २ जना महिला गरि ७ जना डिस्चार्ज भएको एसियाटिक होटलका संचालक पुन्य भट्टराईले जानकारी दिनुभयो । डिस्चार्ज हुनेहरूमा ६ जना झापाका र १ जना मोरङका छन् । उनीहरू दुई साताभन्दा बढी समय एसियाटिक होटलको आइसोलेशनमा बसेपछि गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

यसअघि एक जना डिस्चार्ज भएको होटलका सञ्चालक भट्टराईले बताउनुभयो । डिस्चार्ज हुनेहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू हुन् । ८ जना डिस्चार्ज भएसँगै अब होटलको आइसोलनमा १३ जना संक्रमित छन् ।

होटल आइसोलनमा बसेका संक्रमितहरूको उपचार र उनीहरूको स्वास्थ्य परामर्शका लागि एक जना स्वास्थ्यकर्मी रहेका छन् । सामाजिक विकास मन्त्रालयले राखिदिएको स्वास्थ्यकर्मीले संक्रमितहरूलाई स्वास्थ्य परामर्श र आवश्यकता अनुसार औषधि पनि दिने गरेको बताइएको छ ।

होटल आइसोलेसनमा ६५ जनालाई राख्न सकिने छ । होटलमा बनाएको आइसोलेशन नेपालको पहिलो भएको दाबी होटलको छ ।

बिहिबार, १८ भदौ, २०७७, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर