विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।
प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएपछि स्वाब संकलन गरेर पिसिआर परिक्षण गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साझबाट मन्त्री घिमिरे निवासमै रहनुभएको छ । पखाला र हल्का ज्वरो भएपनि आफ्नो स्वास्थ अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।