धनकुटामै पिसिआर परीक्षण गर्ने तयारी, आइसोलेसन सञ्चालनमा

धनकुटा । कोरोना भाइरसको संक्रमण बढ्दै गएको धनकुटामा भाइरस परीक्षणका लागि पिसिआर मेसिन जडान हुने भएको छ ।

संघीय सरकारले पिसिआर मेसिन खरिद गर्न १ करोड रुपैयाँ बजेट निकासा गरेपछि स्वास्थ्य कार्यालय धनकुटाले पिसिआार मेसिन खरिदको प्रकृया अघि बढाएको हो । धनकुटामा पिसिआर परीक्षण हुँदा तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लालाई समेत सहज हुने छ ।

यसैगरी धनकुटा नगरपालिकाले वडा नम्बर ६ को औद्योगिक ग्राममा आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । यस अघि क्वारेन्टाइनको रुपमा प्रयोग गरेको ग्राममा तत्काल २० सैय्याको आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । आइसोलेसन सञ्चालनसँगै शनिबार धनकुटामा पहिचान भएका १९ जना संक्रमितलाई जिल्लामै राखेर उपचार थालिएको बताइएको छ ।

आइतबार, १४ भदौ, २०७७, दिउँसोको ०४:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर