विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरि बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।
न्यूरोको कोभिड अस्पतालमा जनरल ४२, आईसीयू ७ र भेन्टिलेटर २ शैय्या रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमित राखेर उपचार गर्ने अस्पतालको शैय्या अभाव भइरहेको बेला निजी स्तरबाट पनि राज्यलाई सहयोग हुनेगरी कोभिड अस्पताल संचालनमा ल्याएको उहाँको भनाइ छ ।
लक्षणसहितका संक्रमितहरुले उपचार अभावमा छट्पटाउनुर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पताल सञ्चालनमा ल्याएको भट्टराईको भनाइ छ । कोरोना संक्रमितको व्यवस्थापन र उपचार सरकार एक्लैले मात्रै संभव नभएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमण भएको अवस्थामा रकम बुझाएर सुविधा सम्पन्न होटल आईसोलेशनमा बस्नेको संख्या बढेसँगै रकम बुझाएरै उपचार गराउनेको संख्यालाई मध्यनजर गर्दै विराटनगरमा यो दोस्रो अस्पताल सञ्चालनमा आएको हो । यसअघि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आईसोलेशन सञ्चालन गरिसकेको छ ।
न्यूरो अस्पतालले कोभिड क्राईसिस मेनेजमेन्ट समिति अस्पतालस्तरमै गठन गरेर विराटनगरमा सबैभन्दा पहिले कोरोना संक्रमितको उपचार गरेको थियो । सुविधासम्पन्न न्यूरोको कोभिड अस्पतालको सामाजिक विकासमन्त्री जीवन घिमिरेले निरीक्षण तथा उद्घाटन गर्नुभएको थियो ।
उपचार खर्च के कति लाग्ने हो, राज्य ले कति सहयोग गर्ने हो, व्यक्ति ले कति तिर्नु पर्ने हो, यसको संपर्क न थाहा पाऊन् सकिन्छ होला,,?