विराटनगर । प्रदेश १ को राजधानी रहेको शहर विराटनगरमा कोरोना भाइरस सामुदायस्तरमा फैलिएपछि संक्रमितको संख्या झण्डै साढे ८ सय पुगेको छ । अहिले दैनिकजसो विराटनगरमा संक्रमित बढ्दो छ ।
सोमबारसम्म विराटनगर महानगरपालिका भित्र ८ सय ३१ जना संक्रमितको संख्या पुगेको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
महानगरपालिका भित्र विराटनगर १२ मा सबैभन्दा बढी संक्रमित छन् । विराटनगर १२ मा संक्रमितको संख्या १ सय ११ पुगेको छ । विराटनगर १२ देखिएको संक्रमितमध्ये सबैभन्दा बढी प्रहरीमा छ ।
प्रदेश प्रहरी र सशस्त्र प्रहरी गण १ नम्बर प्रदेश कार्यालय रानी विराटनगर यही वडामा पर्ने भएकोले यस वडा संक्रमित देखिएको वडाअध्यक्ष हिरालाल कामतले बताउनुभयो । अहिले देखिएको संक्रमितमध्ये अधिकांश प्रदेश प्रहरी कार्यालय भित्रका प्रहरीमा देखिएको उहाँले बताउनुभयो । स्थानीयमा कम संख्यामा संक्रमण देखिएको वडाअध्यक्ष कामतको भनाइ छ ।
यस्तै विराटनगर १२ पछि दोस्रोमा ६ नम्बर वडामा संक्रमित देखिएको छ । विराटनगर ६ मा ७६ जना संक्रमित छन् । यस वडामा शनिबार एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भइसकेको छ । तेस्रोमा विराटनगर ९ वडामा संक्रमित छन् । ९ मा ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस वडामा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु पनि भइसकेको छ ।
चौथोमा विराटनगर ८ मा कोरोना संक्रमण देखिएको छ । ८ मा ६४ जनामा संक्रमण पुष्टि भएको छ । सो वडामा दुई जना पुरुषको मृत्यु भइसकेको छ । आइतबार राती कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा र केही दिन अगाडि कोशी अस्पतालको आइसोलेसनमा संक्रमितको मृत्यु भएको हो ।
यसैगरी विराटनगर १ मा १३ जना, २ मा ४६ जना रहेका छन् । २ वडमा एक जना कोरोना संक्रमित महिलाको धरानस्थित बीपि प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । वडा नम्बर ३ मा ५२ जना संक्रमित छन् । यस वडाका एक जना पुरुषको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । ४ मा २२ जना, ५ मा ५३ जना संक्रमित छन् । ५ वडामा एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । ७ मा ४० जना, १० मा ३१ जना संक्रमित छन् । १० वडामा पनि एक जना पुरुषको कोरोनाको कारण मृत्यु भइसकेको छ । ११ मा ५३ जना, १३ मा २१ जना, १४ मा १६ जना, १५ मा ४१ जना संक्रमित छन् ।
१५ नम्बर वडामा एक जना कोरोना संक्रमित युवाको कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भइसकोे छ । १६ मा २७ जना, १७ मा २६ जना, १८ मा ४ जना छन् । १९ वडामा अहिलेसम्म संक्रमण देखिएको छैन । हालसम्म विराटनगर महानगरपालिका भित्र एक महिलासहित १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म २ सय ९ जना निको भएका छन् । महानगरपालिका भित्र ५ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण गरिएको छ ।