मोरङमा ५० सहित प्रदेश १ मा ७० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार थप २७ महिला र ४३ पुरुषमा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएकोेमा १८ महिला र २४ पुरुष छन् ।

मोरङको बुढीगंगामा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कन्काईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषसहित सुनसरीको इटहरीका १ महिला र ८ पुरुष तथा धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ । प्रदेशबाट आइतबार कोरोनामुक्त भई २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा कोरोनमुक्त हुनेको संख्या १ हजार २६७ पुगेको छ ।

प्रदेशमा शनिबार ८ सय ५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार, ०७ भदौ, २०७७, दिउँसोको ०३:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर