कोरोना संक्रमितलाई माया दिँदै समुदाय

विराटनगर । देशका कतिपय स्थानमा कोरोना संक्रमितलाई विभेदपूर्ण व्यवहार गरेको, कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई घरबेटीले निकालेको लगायतका घटना सार्वजनिक भइरहेका छन् ।

संक्रमित जो कोहीलाई सहयोग, सहानुभूति दिनुपर्ने तथा उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नुपर्ने अवस्थामा समुदायका कतिपय क्रुर र अमानविय चरित्र भएका व्यक्तिहरुले यस्ता घटना दोहोर्याइरहेका छन् ।

तर, विराटनगर महानगरपालिका–३ को पुस्पाञ्जली टोलमा भने टोलबासीले माया र सद्भाव देखाउने गरेका छन्। सोही टोलका स्थानीय बासिन्दा ३५ वर्षका एक युवा साउन २९ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि घरैमा आराम गरिरहेका छन्। निजको रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि टोल संगठनका अध्यक्ष झलक भट्टराई र सचिब रेवती ढुङ्गानासहित टोलबासिहरु निजको घरमा पुगेर नआत्तिन र आत्मबल दरो बनाएर बस्न सुझाव दिएका थिए।

खानेकुरा आवश्यक पर्दा टोलबासी आफैंले पुर्याईदिने गरेका छन । नेकपा महानगर कमिटीले निजको घरमा सेनिटाईजर गरि सकेको छ। घरका अन्यलाई नेगेटिभ रिपोर्ट आएको छ। कोरोना लाग्नु अपराध कर्म नभएकोले संक्रमितलाई हेला हैन माया गरेर आत्मबल दह्रो बनाउनु र रोगबाट छिटो मुक्त गराउनु समाजको दायित्व सम्झेर सहयोग गरेको टोल संगठनका सचिव रेवती ढुङ्गानाले बताउनु भयो । यसअघिको लकडाउनमा पनि टोलमा डेरा गरि बस्ने केही परिबारलाई टोल संगठनको अगुवाइमा खाद्यान्न सहयोग गरिएको थियो ।

आइतबार, ०७ भदौ, २०७७, बिहानको ११:४८ बजे

प्रतिक्रिया

  1. धेरै राम्रो गर्नु भयो अध्यक्ष र सचिवले । यस भाइरसबाट जो कोही पनि पिडित हुनसक्छौ । त्यसैले शंक्रमितलाई माया र सहयोग गर्नु मानविय कर्तब्य हो नत्र भने के मानव ?

प्रतिक्रिया:

सम्बन्धित खवर