मोरङमा ४४ सहित प्रदेश १ मा ९० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार ३८ महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

विराटनगरमा थप २९ जनामा संक्रमण देखिएको छ । महानगरका १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको कटहरीमा ५ महिला र १ पुरुष, सुन्दरहरैचामा ३ महिला र ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला र १२ पुरुष, इटहरीमा १ महिला र ४ पुरुष, बर्जुमा २ महिला र २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको मेचीनगरमा ३ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, दमकमा १ पुरुष, इलामको सन्दकपुरमा २ महिला र २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ । शुक्रबार कोरोनामुक्त भएर ६९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, वी जनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् ।

प्रदेशमा अहिलेसम्म १ हजार २२४ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २७९ छ । कोरोनाबाट प्रदेशमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना २ नम्बर प्रदेशका हुन् भने १ जना सुनसरीका र १२ जना मोरङका हुन् ।

शुक्रबार, ०५ भदौ, २०७७, दिउँसोको ०४:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर